प्रदेश २ को विद्युत प्रणाली ३० महिनामा सुधारिने – Nepal Press

प्रदेश २ को विद्युत प्रणाली ३० महिनामा सुधारिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रदेश २ का ८ जिल्लामा ३० महिनाभित्र विद्युत प्रणाली सुधार गर्ने भएको छ ।
प्राधिकरण र भारतीय कम्पनी टाटा प्रोजेक्टबीच ८ जिल्लामा प्रसारण एवं वितरण प्रणाली सुधार गर्न बुधबार ठेक्का सम्झौता गरिएको हो ।
करिब ४ अर्ब रुपैयाँमा सम्पन्न हुने आयोजना ३० महिनामा सकिने सम्झौतामा उल्लेख छ । प्रदेश २ को विद्युत प्रणाली सुधार आयोजना अन्तर्गत ८ जिल्लामा ३ सय २३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९ सय ५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर ४ सय भोल्टको नयाँ लाइन तथा विभिन्न सबस्टेसनहरु निर्माण गरिनेछ ।
आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । सो अनुदान एसियाली विकास बैकमार्फत संचालित हुनेछ ।
आयोजना संयोजक बोधराज ढकालका अनुसार ठेक्का सम्झौता कार्यान्वयन भएको ९ सय दिनमा काम सम्पन्न हुनेछ । आयोजनाबाट प्रदेश २ मा विद्युतीय प्रणालीमा सुधार हुने र विश्वसनीय विद्युत आपूर्ति बढ्ने ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर