माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए – Nepal Press

माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए

काठमाडौं । संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा शीर्ष नेताबाहेकका सांसदहरू सहभागी हुने माधव पक्षले निर्णय गरेको थियो । यद्यपि केही सांसदहरूले आपत्ति जनाएपछि बालुवाटार जाँदै गरेकालाई बाटैबाट फर्काइएको हो ।

माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर