नेपाल पक्षले भन्यो- राष्ट्रिय भेलामा अध्यक्ष ओलीको राजीनामा मागिएको छैन – Nepal Press

नेपाल पक्षले भन्यो- राष्ट्रिय भेलामा अध्यक्ष ओलीको राजीनामा मागिएको छैन

काठमाडौं । माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको भनेर गलत प्रचार भएको नेताहरुले बताएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले परिस्थितिलाई थप उत्तेजक बनाउन यस्तो प्रचार गरिएको बताए ।

रिजालले नेपाल प्रेससँग भने, ‘कतिपयले भेलामा प्रस्तुत अवधारणापत्रमा पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागिएको र नयाँ नेतृत्व तोक्नुपर्ने कुरा उल्लेख भएको प्रचार गरेका छन्, जुन गलत र परिस्थितिलाई थप उत्तेजक बनाउने कुरा मात्रै हो ।’

रिजालले राष्टिय कार्यकर्ता भेलामा प्रस्तुत अवधारणापत्रमा आफूले भनेको कुरा अध्यक्ष केपी ओलीले मान्नुभएन भने के गर्ने भन्नेबारेमा उल्लेख नहुनुको कारण पार्टी एकता नै रहेको दाबी गरे ।

रिजालले भने, ‘पार्टीमा विवाद छ, मतभेद छ । तर, हामी सबैले आफ्नो भविष्य बलियो र सुदृढ नेकपा (एमाले) भित्र खोज्ने हो, बाहिर होइन र यो भेला त्यही एकतामा दवाव र जोड दिनका लागि भइरहेको छ । त्यसैले पार्टी एकताका लागि अध्यक्षबाट नै पहल र नेतृत्व हुनुपर्छ भन्ने अपेक्षा अन्यथा हुँदैन ।’

पार्टी विधान अनुसार चल्छ र चलाउन सकिन्छ भनेर नै थप कुरा उल्लेख नगरिएको अर्थमा बुझ्नु उपयुक्त हुने रिजालले बताए । ओलीबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास होस भन्ने आफूहरुले चाहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर