कर्णालीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश – Nepal Press

कर्णालीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश

सुर्खेत । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्ताको पत्र पेश भएको जनाएको हो । बुधबार नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र पेश भएको हो । बिहीबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिने पत्र दर्ता भएको जनाइएको छ ।

एमालेको आज बसेको संसदीय दलको बैठकमा बैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन वन तथा वातावण मन्त्री नन्दसिंह बुढा र सामाजिक विकास मन्त्री दल रावललाई फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शाहीले भने सदनबाट विश्वास मत जित्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर