बक्सअफिसमा हेभिवेट भीडन्त : इदमा जोनको ‘सत्यमेव जयते २’ भर्सेस सलमान स्टारर ‘राधे’ – Nepal Press

बक्सअफिसमा हेभिवेट भीडन्त : इदमा जोनको ‘सत्यमेव जयते २’ भर्सेस सलमान स्टारर ‘राधे’

काठमाडौं- सलमान खान स्टारर ‘राधे’ र जोन अब्राहमको ‘सत्यमवे जयते २’ बीच बक्सअफिस भीडन्त निश्चित भएको छ ।

‘सत्यमेव जयते २’ को पोस्टरमा नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ जहाँ जोनलाई एक्सन चरित्रमा प्रस्तुत गरिएको छ । अब यी दुई फिल्म आगामी इदमा प्रदर्शन हुनेछन् ।

यी दुई एक्सन फिल्म दर्शकमाझ बहुप्रतीक्षित छन् । सत्यमवे जयते २ मा जोनको तीनवटा भूमिका हुने जनाइएको छ । जोन स्टारर यो फिल्मले थप पोस्टर लन्च गर्ने तयारी गरेको छ ।

यसअघिका इद बिदामा सलमानका फिल्महरु मात्र एक्लो प्रदर्शनमा आउँथे । यसपटकको इद बिदामा भारतमा ४ दिनको बिदा तय भएको छ जसले गर्दा बक्सअफिसमा कमाइ राम्रो हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *