श्रीमती हत्या: डिभोर्स गर्न चाहन्थिन् सन्तोषी – Nepal Press

श्रीमती हत्या: डिभोर्स गर्न चाहन्थिन् सन्तोषी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडाैं महानगरपालिका -१४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।

प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागुऔषध दुर्रव्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफुले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए । प्रहरीले सन्तोषीको मृत शरीरलाई बोरामा प्याक गरी फालेको अवस्थामा फेला पारेको थियो ।

साथै, सन्तोषले श्रीमतीको हत्या गरेर सुन, पैसा, मोवाइल समेत लुटेर फरार भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर