कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल – Nepal Press

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा मातृका खनाल नियुक्त भएका छन् ।

दैलेखको आठबीस नगरपालिका-२ निवासी खनाल लामो समयदेखि अधिवक्ताकारूपमा काम गर्दै आएका छन् । खनाललाई केही दिनमा प्रदेश प्रमुखले सपथ खुवाउने बताइएको छ ।

यसअघि मुख्य न्यायाधिवक्तामा विद्याभुषण मानन्धर कार्यरत थिए । मानन्धरले केही समयअघिमात्र राजीनामा दिएका हुन् ।

यस्तै, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जनसम्पर्क विज्ञको रूपमा कालीकोटका विष्णुबहादुर विक ‘विकल्प’ नियुक्त गरिएको छ ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर