‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै, अनलाइनबाट आवेदन दिन सकिने – Nepal Press

 ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं। ‘लिभिङ विथ आइसिटी’ ले सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ को आयोजना गर्ने भएको छ ।

वैशाख पहिलो सातादेखि शुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

वैशाख पहिलो साता प्रदेश नं। १ को विराटनगरबाट शुरू हुने कार्यक्रम जेष्ठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुने लिभिङ विथ आइसिटीले जनाएको छ ।

यसैगरी प्रदेश २ मा बिरगञ्ज, बागमती प्रदेशमा हेटौडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुने आयोजकले वताएको छ ।

फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० रुपैयाँ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिनेछ भने उत्कृष्ट आइडियालाई तीन लाखसम्मको ‘सिड फण्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर