कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना, एकको मृत्यु, ६ घाइते – Nepal Press

कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना, एकको मृत्यु, ६ घाइते

कैलाली । कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा बुधवार बिहान महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर गाडी टायर पड्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ बर्सिया मन्दिरा देवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गाडी दुर्घटना हुँदा थप ६ जना घाइते भएका छन् । घाइतेको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर