प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको आग्रह- कमरेड, हाम्रो भेलामा आइदिनुस् – Nepal Press

प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको आग्रह- कमरेड, हाम्रो भेलामा आइदिनुस्

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीको असन्तुष्ट समूहले आज आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गरेकी छन् ।

उनले यो गुट भेला नभएको भन्दै उपस्थित कार्यकर्ताहरुलाई ढुक्कले बस्न आग्रह गरिन् ।

कार्यकर्ता भेलामा बोल्दै शाक्यले भनिन्, ‘यो गुटको भेला होइन, पार्टीको भेला हो । हामी एमालेलाई बलियो र सुदृढ र एकीकृत बनाउन चाहन्छौं । देशको रुपान्तरणको नेतृत्व गर्न चाहन्छौं । यस्तो भेलामा आउन डराउनुपर्ने ? त्यस्तो खालको धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहन्छु ।’

उनले बालुवाटारमा २८ फागुनमा भएको बैठक पार्टीको विधानसम्मत नभएको बताइन् । सो बैठकले गरेको सबै निर्णय फिर्ता लिन उनले माग गरिन् ।

शाक्यले भनिन्, ‘म ओली कमरेडलाई आग्रह गर्न चाहन्छु, कमरेड अझै समय छ, यो भेलामा आइदिनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर