पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि, एलपी ग्यासको यथावत – Nepal Press

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि, एलपी ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः बृद्धि गरेको छ। २ साता अघि २ रुपैयाँ बढाएकाे  निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार पुन: चैत्र ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ र डिजेल तथा मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानतर्फ हवाई ईन्धनको ७४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

एलपी ग्यास तथा अन्तर्राट्रिय उडान तर्फ हवाई ईन्धनको  मूल्य भने यथावत नै रहेको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको  निगमले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर