राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा यथावत, विधान बनाउन तीन सदस्यीय कार्यदल – Nepal Press

राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा यथावत, विधान बनाउन तीन सदस्यीय कार्यदल

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय गरेको छ ।

पुन:स्थापनापछि माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको संसदीय दल बैठकले शर्मालाई दलको नेतामा निरन्तता दिने निर्णय गरेको हो । उनी नेकपाको पनि दलको नेता थिए ।

त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको सांसद रेखा शर्माले जानकारी दिइन । कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् ।

बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर