सूर्य थापाको टिप्पणीः प्रचण्डको होमवर्कअनुसार नेपाल पक्षको गुट भेला – Nepal Press

सूर्य थापाको टिप्पणीः प्रचण्डको होमवर्कअनुसार नेपाल पक्षको गुट भेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल पक्षले गर्न लागेको गुट भेलालाई लिएर कडा टिप्पणी गरेका छन् । भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिम हुन लागेको दावी गर्दै उनले यसलाई रमिता र गाइजात्राको संज्ञासमेत दिएका छन् ।

थापाले फेसबुकमा नेपाल समूहको भेलामाथि १५ बुँदे टिप्पणी सार्वजनिक गरेका हुन् । १४ वटा बुँदामा उनले नेपाल समूहको भर्त्सना ना गरेका छन् भने १५ औं बुँदामा विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरुप्रति सावधान हुँदै एकजुट रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

पहिलो बुँदामा थापाले लेखेका छन्, ‘खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो ।’

उनले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्राको संज्ञा दिएका छन् । पार्टीमा अलग समूह बनाएर पुनः प्रचण्डपथमा सामेल हुन जाने तयारी गरिएको उनको दावी छ । त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी वैठक स्थगित गरी पर्खिरहेको उनले उल्लेख गरेका छन् ।

कार्यकर्ता भेलाको पोष्टरमा क्रस चिह्न लगाइदिएर थापाले आफ्नो आक्रोश पोखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर