एनएसएल : धनगढी फुटबल क्लवको मार्की प्लेयरमा विशाल राई अनुवन्धित – Nepal Press

एनएसएल : धनगढी फुटबल क्लवको मार्की प्लेयरमा विशाल राई अनुवन्धित

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी फुटबल क्लबले आफ्नो मार्की प्लेयर सार्वजनिक गरेको छ ।

सो क्लवले राष्ट्रिय टीमका मिडमिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा अनुवन्ध गरेको हो ।

क्लवका प्रमुख सुवास वी शाहीले जारी गरेको विज्ञप्तिअनुसार टीमका अन्य खेलाडी तथा प्रशिक्षक अनुवन्ध गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । राईको अगुवाइमा धनगढी एफसीले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा शाहीले व्यक्त गरेका छन् ।

हिजोमात्रै एनएसएलमा भाग लिने सात टीमको घोषणा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *