विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता – Nepal Press

विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ । छलफलमा ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता झलनाथ खनाल भने गएका छैनन् ।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो ।


प्रतिक्रिया

One thought on “विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

  1. सवैले तिक्तता मेटाएर देश र जनताका खातिर एक भएर अगाडी बढनुस कमरेडहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर