‘अवतार’ बन्यो विश्वमै सर्वाधिक कमाउने फिल्म, ‘एभेन्जर्स’ कीर्तिमानलाई उछिन्यो – Nepal Press

‘अवतार’ बन्यो विश्वमै सर्वाधिक कमाउने फिल्म, ‘एभेन्जर्स’ कीर्तिमानलाई उछिन्यो

काठमाडौं- जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’ अहिलेसम्मकै सर्वाधिक कमाउने फिल्म बनेको छ । यो साइन्स फिक्सनले मार्भल पिक्चर्सको ‘एभेन्जर्स : एन्डगेम’को कीर्तिमानलाई पनि उछिनेको छ ।

हलिउड म्यागजिन इन्टरटेनमेन्ट विक्लीका अनुसार सन् २००९ मा रिलिज भएको अवतारले अहिलेसम्म २.८०२ बिलियन अमेरिकी डलर कमाएको छ भने एभेन्जर्स एन्डगेमले २.७९७ विलियन डलर कमाएको छ ।

अवतार गत सप्ताहन्तमा पुनः चिनियाँ बक्सअफिसमा रिलिज भएको थियो । सन् २०१९ मा एन्डगेम सर्वाधिक कमाउने फिल्म बनेको थियो तर, अहिले अवतार पुनः रिलिज भएपछि कीर्तिमान तोडिएको हो ।

अवतार निर्माता जोन लान्डउले विज्ञप्ती जारी गर्दै भाइरस महामारीको संकटको समयमा रिलिज भएको फिल्मलाई रुचाएकोमा चिनियाँ दर्शकलाई धन्यवाद दिएका छन् ।

मार्भल स्टुडियोले ट्वीटरमार्फत निर्देशक क्यामरुनलाई बधाइ दिएको छ भने क्यामरुनले पनि मार्भलको जवाफ दिँदै धन्यवाद भनेका छन् । तर, सन् २०१० मा अवतारले क्यामरुनकै अघिल्लो फिल्म टाइटानिकको कमाइको रेकर्डलाई तोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *