नेफ्टा अवार्डः ‘जाऊँ माया सरर…’ संगीतका चार विधामा सर्वोत्कृष्ट – Nepal Press

नेफ्टा अवार्डः ‘जाऊँ माया सरर…’ संगीतका चार विधामा सर्वोत्कृष्ट

काठमाडौं । गत वर्षको सुपरहिट गीत ‘जाऊँ माया सरर..’ ले १० औं नेफ्टा अवार्डमा संगीत विधातर्फ एकछत्र वर्चश्व कायम गरेको छ । चलचित्र ‘प्रसाद’ को यो गीतले एकसाथ तीन अवार्ड गुट्मुट्यायो ।

यस गीतबाट सर्वोकृष्ट संगीतमा सुभास भुषाल, संगीत संयोजनमा उदयराज पौडेल, गीतकारमा गणेश शाही र गायकमा केतन क्षेत्रीले अवार्ड जितेका हुन् ।

दर्शक/श्रोताले अत्यधिक रुचाएको गीतलाई नेफ्टाले न्याय गरेको छ । यस गीतको शब्द, संगीत र स्वर तीनै पक्षमा यो गीत प्रशंसित बनेको थियो । लामो समयसम्म यस गीतले लोकप्रियता कायम गरेको थियो ।

यस गीतले यूट्यूवमा अहिलेसम्म २ करोड ७० लाखभन्दा बढि भ्यूज बटुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर