देउवाले भने– कांग्रेस लोभिने काम छैन, तर परिआए जिम्मेवारीबाट म भाग्दिनँ (भिडियो) – Nepal Press

देउवाले भने– कांग्रेस लोभिने काम छैन, तर परिआए जिम्मेवारीबाट म भाग्दिनँ (भिडियो)

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको ठेगान नभएको भन्दै कांग्रेस सत्तामा जान नलोभिने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सम्बद्ध महिलाहरुको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले राजनीतिक अवस्था तरल रहेकाले कांग्रेस अहिले हतारिने र लोभ गर्ने पक्षमा नरहेको बताए । तर परिस्थिति आयो भने जिम्मेवारीबाट पनि नभाग्ने देउवाले प्रष्ट पारे ।

सभापति देउवाले संसदमा कांग्रेसको संख्या अत्यन्त कम रहेकाले कांग्रेसले चाहँदैमा बैठक बोलाउन सक्ने अवस्था समेत नरहेको दुःख सुनाए । उनले अहिले कांग्रेसको ध्यान आउने चुनावमा बहुमत ल्याउनेतर्फ हुनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर