महेश बस्नेतको आरोपः माधव नेपाल प्रचण्डको दूत बनेर आएका छन्, विश्वास गर्न सकिन्न – Nepal Press

महेश बस्नेतको आरोपः माधव नेपाल प्रचण्डको दूत बनेर आएका छन्, विश्वास गर्न सकिन्न

‘प्रचण्ड–माधवको समानान्तर कमिटी त सामना गरियो, माधव मात्रै त के हो र !’

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत बनेर एमालेमा आएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै बस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका हुन् ।

प्रचण्डले बुटवलमा ‘माधवजीले कि पार्टी एमाले कब्जा गर्नुहुन्छ, कि धेरै सदस्य लिएर यतै आउनुहुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको नियतमाथि झन् शंका थपिएको उनको भनाइ छ ।

उनले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीलाई सहजै ‘फेस गर्ने’ पनि बताएका छन् । प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा बनाएको समानान्तर कमिटी पनि सामना गरेको भन्दै बस्नेतले माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी सामना गर्न कठिन नहुने तर्क गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर