माधव नेपाल पक्षको बैठक जारी, निराश नहुन कार्यकर्तालाई आग्रह – Nepal Press

माधव नेपाल पक्षको बैठक जारी, निराश नहुन कार्यकर्तालाई आग्रह

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अबको रणनीति बनाउन केन्द्रीय सदस्यहरुबीच छलफल गरिरहेको छ । नयाँ बानेश्वरको अर्याल होटलमा जारी केन्द्रीय सदस्यहरुको बैठकले चैत ७ गते अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा जाने वा नजाने निर्णय समेत गर्नेछ ।

बैठकलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले अहिले चुनौतिपूर्ण अवस्था आए पनि विचलित नहुने बताए । उनले अहिलेको अवस्था देखेर कसैलाई निराश नहुन र हिम्मतका साथ अघि बढ्न आग्रह गरे ।

नेपालले भने– कसरी कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडी बढनुपर्छ। गलत प्रवृतीका विरुद्ध हामी एकजुट हुने बेला हो हामी विचलित भएर हिँड्ने होइन। बैठकमा ७० जना भन्दा बढी सदस्य सहभागी रहेको दावी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर