सत्ता समीकरणबारे छलफल गर्न जसपा नेता पेरिसडाँडामा – Nepal Press

सत्ता समीकरणबारे छलफल गर्न जसपा नेता पेरिसडाँडामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । माओवादी केन्द्रसँग सत्ता साझेदारी एवम् समीकरणबारे छलफल गर्न जसपा नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई पेरिसडाँडा गएका हुन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै जसपाका नेताहरु पेरिसडाँडा पुगेका हुन् । माओवादी र जसपा नेताबीच छलफल जारी छ ।

जसपाले शुक्रबार नेपाली कांग्रेससित छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर