असफल कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो: कमल थापा – Nepal Press

असफल कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनका लागि नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले ‘असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो’ भनेका छन् ।

‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएका हुन् । नेकपा कुर्सीरपैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो । त्यही कम्युनिष्टसॅग मिलेर सरकार बनाउँन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छु, थापाले लेखेका छन् ।

नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले संसद विघटन गर्ने पुस ५ को कदमको विरोध गर्ने पार्टीहरूबीच सत्ता सहकार्यका लागि छलफल चलाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर