कांग्रेस-जसपा बैठक: एमालेइतर गठबन्धन बनाउनेबारे छलफल – Nepal Press

कांग्रेस-जसपा बैठक: एमालेइतर गठबन्धन बनाउनेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको नेतृत्वबीच भर्खर वार्ता सकिएको छ ।

सत्ता सहकार्यका लागि छलफल गर्न जसपा नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध आन्दोलतरत् दलहरूसँग मिलेर सरकार बनाउने विषयमा छलफल केन्द्रित भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका कांग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौं’, शर्माले पत्रकारहरूसँग भने ।

जसपा नेताहरूसँगको वार्ताअघि कांग्रेस पदाधिकारीको बैठकसमेत बसेको थियो । सो बैठकमा वर्तमान र पूर्वपदाधिकारीहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने कुरा उठाएको शर्माले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले छलफल शुरू भएको र आगामी दिनमा निरन्तरता दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर