कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षको भेला, सरकारबारे देउवाको भनाइ पर्खिने – Nepal Press

कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षको भेला, सरकारबारे देउवाको भनाइ पर्खिने

काठमाडौं । सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल आफूनिकटका नेताहरूसँग छुट्टै छलफलमा लागेका छन् ।

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग वार्ता हुनुअघि पार्टीको धारणा बनाउन देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक डाकेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, गगन थापालगायतका नेताहरू जुटेका हुन् ।

सरकार गठनका विषयमा नेतृत्वको भनाइ आएपछि मात्र आफूहरूको धारणा बनाउने भेलाले निष्कर्ष निकालेको सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

भेला सकेर पौडेल भने पूर्वनिर्धारित कार्यक्रमका लागि पोखरा गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर