हाम्रो भाषामा अंग्रेजी धमिरा किन ? – Nepal Press
नेपाल चिन्तन

हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?

केही समयअघि ‘वैदिक साम्यवाद’ शीर्षकको मेरो लेखमाथि सामाजिक सञ्जालमा भएको बहसका क्रममा धेरैले चासो राख्नुभएको ‘अल्गोरिदम’ शब्दलाई केन्द्रमा राखेर यस लेखमा केही चर्चा गर्दैछु ।

पहिला त भाषाको अल्गोरिदम भनेको भाषाशास्त्रको अधिक र स्पष्ट शब्दभण्डार भएको, प्राकृतिक ध्वनिसँग गाँसिएको उच्च शब्द गणित भएको भाषा भन्ने बुझ्नुपर्दछ । जसले हरेक कोणबाट त्यस शब्दको अर्थ प्रमाणित गर्न तयार हुन्छ ।

अल्गोरिदमलाई संस्कृतमा विधिकल्प भनिन्छ । विधिकल्पको नेपाली अर्थ हो– नियमको पुञ्ज । विधिकल्प कुनै पनि प्रमाणित ग्रन्थमा लेखिएको नियम, जसको प्रशस्त व्याकरण हुन्छ र त्यसले सबै अर्थमा आफू अब्बल रहेर काम गर्ने आज्ञा दिन्छ (पण्डित फणीन्द्रप्रसाद पाण्डेय, बृहत् संस्कृत नेपाली शब्दकोश, पृ. १३१९)

यसलाई यसरी भनौं, प्राकृतिक ध्वनिमा भएको कुनै भाषाको सहयोग विना चल्ने या आफ्नो विधिकर्तृ भएको भाषा हुनाले संस्कृत भाषाहरूमध्येको उच्च अल्गोरिदम भएको भाषा हो । जो आफैं समृद्ध छ, जसको भावानुवाद अत्यधिक छ र धेरै कुरा एक शब्दमा या संक्षेपमा भन्न सक्ने हिम्मत राख्छ त्यो भाषा नै उच्च अल्गोरिदम (विधिकल्प वा कलनविधि) भएको भाषा बन्छ ।

संस्कृत भाषामा महर्षि पाणिनिको समयदेखि अहिलेसम्म १ खर्ब, २ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भइसकेको छ भनेर भाषा संस्कृतिका अध्येता राजीव दीक्षितले धेरै ठाउँमा भन्नुभएको छ । अल्गोरिदम अब्बल भएका कारणले यसलाई कम्प्युटरको भाषा बनाइए यसको कति प्रयोग होला ?

जस्तै संस्कृत शब्द पितरबाट फादर, मातरबाट मदर, सुनुबाट सन, दुहिता (छोरी) बाट डटर, द्वारबाट डोर, अग्निबाट अग्नाइट, नक्तंबाट नाइट, मनुबाट म्यान, दन्तबाट डेन्टल, गौबाट काउ, नसबाट नोज, समबाट सेम, भमबाट भमिट, नवबाट न्यु, मनबाट माइन्ड, नसबाट नर्भ, अणुबाट एटम, नग्नबाट नेकेट, शरणबाट सेल्टर यस्ता अनेक शब्द छन् जो संस्कृतबाट अंग्रेजीमा गएका हुन् ।

बहसका क्रममा अंग्रेजी भाषा अन्तर्राष्ट्रिय हो, अनि संस्कृत भाषा उच्च अल्गोरिदम भएको भाषा कसरी भयो भन्ने प्रश्न पनि उठेको थियो । पहिलो कुरा त संस्कृत सबैभन्दा पुराना भाषाहरूमध्येको एक हो । अनि विश्वका धेरै भाषाको जननी पनि । अचम्म लाग्ला, तर थाहा पाइराख्नु कि तपाईं हामीले के के न भन्दै घोक्ने अंग्रेजी भाषाको जननी संस्कृत भाषा पनि हो । अंग्रेजी बल्ल पाँचौं शताब्दीमा बनेको भाषा हो । त्यो पनि आफ्नो धेरै शब्दावली नभएको, ल्याटिन, संस्कृत तथा फ्रेन्चबाट धेरै शब्द सापटी लिएर बनेको छ, अंग्रेजी भाषा ।

अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भन्नेहरूले यो पनि जान्नै पर्छ कि संसारका २०० देशमध्ये १४ देशमा बल्लतल्ल अंग्रेजी बोलिन्छ । त्यो पनि अंग्रेजको उपनिवेश भइसकेका देशहरू क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, ब्रिटेन, स्कटल्याण्ड, भारत, पाकिस्तान, आयरल्याण्डलगायतमा मात्र । अरू संसारका ठूला देशहरूमा त रूसमा रसियन, फ्रान्समा फ्रेन्च, जर्मनीमा जर्मन, जापानमा जापानिज, पोर्चुगलमा पोर्चुगिज, चीनमा चाइनिज, डेनमार्कमा डेनिस, नेदरल्याण्डमा डच; सबैमा आ–आफ्ना भाषा नै बोलिन्छ ।

अब संस्कृत भाषा अल्गोरिदम उच्च भएको भाषा कसरी भयो ? यसबारे चर्चा गर्न अंग्रेजी भाषाले संस्कृतबाट लिएका केही शब्दहरू हेरौं । छन त सयौं त्यस्ता शब्द छन् अंगे्रजी भाषाले संस्कृतबाट लिएका, तर तीमध्ये केही शब्द यहाँ राख्नेछु ।

जस्तै संस्कृत शब्द पितरबाट फादर, मातरबाट मदर, सुनुबाट सन, दुहिता (छोरी) बाट डटर, द्वारबाट डोर, अग्निबाट अग्नाइट, नक्तंबाट नाइट, मनुबाट म्यान, दन्तबाट डेन्टल, गौबाट काउ, नसबाट नोज, समबाट सेम, भमबाट भमिट, नवबाट न्यु, मनबाट माइन्ड, नसबाट नर्भ, अणुबाट एटम, नग्नबाट नेकेट, शरणबाट सेल्टर यस्ता अनेक शब्द छन् जो संस्कृतबाट अंग्रेजीमा गएका हुन् ।

यसरी संस्कृतबाट शब्द लिएको मात्र होइन अंग्रेजी व्याकरण कति गरीब छ भन्ने कुरा ससाना उदाहरणबाटै स्पष्ट हुन्छ । अंग्रेजीमा सन (सूर्य) बुझाउने अर्को शब्द भेटिन्न तर संस्कृतमा सूर्यका हरेक अवस्था अनुसारका नाम छन् । सूर्य, आर्यमन, आदित्य, द्वादशात्म, दिनकर, भास्कर, दिवाकर, अहस्कर, ब्रध्न, प्रभाकर, विभाकर, भास्वत, विवस्वत, सप्ताश्व, हरिदश्व, उष्णरश्मि, विकर्तन, अर्क, मार्तण्ड, मिहिर, अरुण, पूषन, द्युमणि, तरणि, मित्र, चित्रभानु, विरोचन, विभावसु, ग्रहपति, त्विषांपति, अहर्पति, भानु, सहस्रांशु, तपन, रवि, तेजसां राशि, छायानाथ, तमिस्रहन, कर्मसाक्षिन्, लोकबन्धु, दिनमणि, लोकवान्धव, अंशुमालिन् अब्जिनीपति, इन, भग, खद्योत (अमरकोशः, अथ दिग्वर्गः पृष्ठ ४१, टीकाकार कुलचन्द्र गौतम)

त्यस्तै चन्द्रमा बुझाउने त ५६ वटा शब्द छन् ।

अर्को शब्द छ महिला । यसलाई अंग्रेजीमा ‘वुमन’ मात्र भने पुग्यो । तर संस्कृतमा महिलाका पनि अवस्था अनुसारका नाम छन् । केही उदाहरण हेरौं । मुलायम शरीर भएकी स्त्रीलाई अङ्गना, कामवासना धेरै भएकी कामिनी, आँखा राम्रो हुने स्त्रीलाई वामलोचना, विवाह भएकी स्त्री कुटुम्बिनी, भार्या जाया; काँतर स्त्री भीरु, स्वयंवर गरिएकी स्त्री स्वयंवरा, पतिंवरा, वर्या, आठ वर्ष मुनिका स्त्री कन्या, कुमारी, आठ वर्षभन्दा माथिका गौरी, नग्निका, अनागतार्तवा, पहिलो पटक रजस्वला भएकी स्त्री तरुणी, युवती, बिहे गरेपछि वधु । त्यस्तै अग्लो कद भएकी महिला, शान्त महिला, दुब्लाएकी महिला र सम्पत्तिवाला महिला आदि हरेक अवस्थालाई जनाउने अनेकौं शब्द संस्कृतमा छन् (कुलचन्द्र गौतम, अमरकोशः, पृष्ठ १३७–१३८) । यहाँ प्रसङ्गवश स्त्री (वुमन) शब्दको चर्चा गरिएको हो । पुरुषका हकमा पनि संस्कृतमा अवस्था अनुसारका यस्ता अनेकौं शब्द छन् ।

अर्को भगवान बुझाउने एउटै शब्द ‘गड’ छ उनीहरूसँग । हामीसँग ईश, ईश्वर, भगवान भन्दै धेरै लामो सूची बन्छ । अझ प्रत्येक भगवानका पनि सहस्र नाम छन् (कुलचन्द्र गौतम, अमरकोशः, पृष्ठ १३७) । त्यस्तै मानिस बुझाउने शब्द ‘म्यान’ लाई संस्कृतमा ‘म्यान’ ले मात्र मान्दैन । मनुष्य, मानुष, मत्र्य, मानव, नर आदि । यसरी उनीहरूका धेरै कुरा एउटै शब्दबाट बुझ्नुपर्ने हुन्छ । संस्कृतको तुलनामा अंग्रेजी शब्दभण्डारको कमी भएको हुनाले कति ठाउँमा आफू अनुसारको अर्थ लगाउनुपर्ने बाध्यता छ ।

अंग्रेजी भाषामा वैकल्पिक शब्द छनोटको साँघुरो मात्रै ठाउँ छ । मस्तिष्क बुझाउने उनीहरूसँग एउटा मात्र शब्द छ– ‘माइण्ड’ । मगज, मन, मस्तिष्क, चेतना, बुद्धि हाम्रोमा मन बुझाउने शब्द कति कति ! अझ मनलाई मात्र चार भागमा बाँडेर पनि हेर्न सकिन्छ । अझ योग विज्ञानमा त मनलाई मात्र १६ भागमा विभाजन गरेर हेरिन्छ । ती हरेकलाई बुझाउने शब्द छन् ।

संस्कृतको मात्र के कुरा; नेपाली शब्दभण्डार पनि अंग्रेजी भन्दा समृद्ध छ । त्यस्ता धेरै उदाहरण दिन सकिन्छ ।

केही उदाहरण हेरौंः

हामी आफूभन्दा सानो या समकालीनलाई ‘तँ’ वा ‘तिमी’ भन्छौं । स्नेह र करुणावश सम्बोधन गर्दा यस्ता शब्द प्रयोग हुन्छन् । आफूभन्दा ठूला मान्यजन र आफन्तलाई मान अनुसार ‘तपाईं’ भन्छौं । त्यहाँ आदर र सम्मान हुन्छ । त्योभन्दा उच्च सम्मानले हेर्नुपर्ने मान्छे पनि हुन्छन् । त्यहाँ पनि प्रयोग हुने उच्च आदरार्थी भावना समेट्ने शब्द पनि छन्, हामीसँग । उहाँहरूलाई ‘हजुर आइबक्स्योस्’ जस्ता उच्च आदरार्थी शब्द प्रयोग गरिन्छ । तर अंग्रेजी भाषामा यसरी सबै तहगत नातालाई सम्बोधन गर्ने एकै शब्द छ ‘यु’ ।

त्यस्तै हामीसँग काका, काकी, मामा माइजु, सानिमा सानोबुबा, फुपू फुपाजु जस्ता सम्बन्धहरूलाई व्यक्त गर्ने शब्द छन् । अंग्रेजीमा यी सबैलाई बुझाउने एउटै शब्द छ ‘अंकल’ र ‘आण्ट’ । आमाको बैनी पनि आण्ट, आमाको देउरानी पनि आण्ट, आमाको भाइबुहारी पनि आण्ट, फुपू पनि आण्ट । त्यस्तै अंग्रेजीमा सालो र भिनाजु सम्बन्धगत शब्द हुँदैन दुवैलाई जनाउने शब्द छ ‘ब्रदर इन ल’ । ब्रदर इन ल भन्दा कुन हो भनेर चिन्नु अर्को व्याख्या आवश्यक हुन्छ । सालो कि भिनाजु ?

हाम्रोमा यस्ता सम्बन्धलाई जनाउने शब्द यहाँको सभ्यताका कारण आएका हुन् । हाम्रो संयुक्त परिवार हुन्छ । वैवाहिक सम्बन्धले जोडिएको नातालाई कुटुम्बका रूपमा हेरिन्छ र ती सम्बन्धलाई व्यक्त गर्ने शब्द हाम्रा भाषा कोशमा छन् । उनीहरूको संस्कृति भने हाम्रोमा जस्तो प्रेममा बाँधिएर रहेको परिवारमा आधारित छैन । उनीहरूका सम्बन्ध अस्थायी हुन्छन् । वैवाहिक सम्बन्धहरू फेरिइरहेका हुन्छन् । त्यसैले हाम्रोमा जस्तो दिदी भिनाजु, सानिमा सानाबा, काकी, फुपाजु फुपू, मामा माइजू स्थायी नाता रहन सक्दैनन् । त्यसैले अंग्रेजीमा यी शब्दहरू छैनन् ।

पश्चिमा संस्कृतिमा लिभिङ टुगेदरमा बस्छन् र त्यसैबेला बच्चा जन्मिन्छन् । जन्मिएको बच्चा पनि न बाउले राख्छ न आमाले । बच्चालाई कसको नाम दिने भनेर पनि कलह हुन्छ । अनि चर्च या आश्रममा छोडिन्छ र त्यहीं नाम पाएर बच्चा हुर्कन्छन् । अधिकांश परिवार यसैगरी चलेको हुन्छ । त्यसैले ती संस्कृतिमा आमा बा बेगरका आश्रम या चर्चले हुर्काएका बच्चा हुन्छन् । फेरि आफ्नै दिदी बहिनी या छोरीको कोसँग शारीरिक सम्बन्ध हुन्छ भन्ने कुरा पनि पत्तो हुन्न ।

अझ पश्चिमा संस्थाहरूका लगानी र फेलोसिपमा हुर्केका सञ्चारमाध्यममा पहुँच राख्ने बौद्धिक भनिएकाहरूले त अंगे्रजीमा छाडा शब्द सहजै बोलेको देखिन्छ । सार्वजनिक समारोहमै ‘भजाइना’, ‘फक’ जस्ता शब्दहरू बोल्ने र ताली पिट्ने जमातलाई हामीले समाजको अग्रगामी शक्तिको दर्जा दिएका छौं ।

अंग्रेजी वा अरू भाषाको अध्ययन नगरौं भनेको होइन, गरौं । यस आलेखमा उठान गर्न खोजेको कुरा के मात्र हो भने यति समृद्ध संस्कृत भाषाको मुहानमा बसेर हाम्रो भाषाको बृहत् आयामलाई ओझेलमा नपारौं । अंग्रेजी भाषा बोल्नु सभ्य, हाम्रो भाषा बोल्नु असभ्य भन्ने सोचाइबाट मुक्त होऊँ । भाषा भाव बुझाउने साधन मात्रै हो । तर, प्रकृतिका ध्वनिसँग गाँसिएको र सबै भाषाको माउ भाषा रहेको संस्कृत भाषाले प्रदान गरेका ज्ञानहरूबाट वञ्चित नहोऊँ ।

नेपालमा हाम्रा आफ्नै रैथाने धेरै भाषा छन् । तिनीहरूको सम्बन्ध हाम्रो जीवनसँग गाँसिएको छ । बरु ‘तासिदेलेक’ भनौं, ‘आताङ्वे’ हो साइला भनौं । यहाँ जुन समुदायमा पुगे पनि अनेक भाषा छन् । भाषा नसिक्ने होइन सिक्ने । अर्थ जानेर त्यहाँको संस्कृति बुझ्ने पो हो त ! यहाँ ल्याएर हाम्रो भाषा कुरुप बनाउने, संस्कृति भत्काउने होइन नि ! अंग्रेजी जान्दै नजानी विश्व चर्चित बनेका मानिस पनि छन् । हामीमा भने अंग्रेजी जान्नुलाई सभ्यता र सम्पन्नताको प्रतीक मानिन थालियो ।

अंग्रेज साम्राज्यको उपनिवेश भएको भारत हाम्रो छिमेकमै भएकाले पनि यस्तो मान्यताले यहाँ जरा गाडेको हो । यो हानिकारक छ ।

हाम्रोमा अंग्रेजी शब्दहरू यसरी घुसाइदिएको छ कि कति हाम्रा शब्द होइनन् जस्ता पनि लाग्दैनन् । गाउँदेखि शहरसम्म चिकित्सक भन्दा डाक्टर लोकप्रिय हुनु खाना खाजाको साटो ब्रेकफास्ट, डिनर लञ्च मीठो हुनुको कारण यही हो । आदत यस्तो हुन्छ, बोल्दै गर्दा बोलिहालिन्छ । म पनि बोल्थें, तर अहिले केही सुधारेकी छु ।

अहिले विद्यालयहरूमा छात्रछात्राले ‘म्याडम’ शब्द बोलेको खूबै सुन्न पाइन्छ । तर यसको अर्थ र पश्चिमा समाजको भावानुवाद बच्चाले उच्चारण गर्ने खालको छैन । यहाँ अंग्रेजी शब्द म्याडम (म्याम)को अर्थ हेरौं । मेडम फ्रेन्च शब्द ‘madame’ बाट अंग्रेजीमा आएको देखिन्छ । यहाँ म्याडमको अर्थ मेरी महिला भन्ने हुन्छ । म्याडमको शाब्दिक अर्थ मेरी महिला भन्ने भए पनि पश्चिमा संस्कृतिमा कोठी चलाउनेहरूकी प्रमुख महिलालाई म्याडम भन्ने गरिन्छ । यहाँ त हामी श्रीमतीलाई म्याडम, गुरुआमालाई म्याडम, साथीलाई म्याडम भन्छौं, अनि सुन्नेहरू पनि गर्वका साथ स्वीकार गर्छौं । यस्ता सम्बोधनबाट हामीले आत्मीय भाव झल्काउने आमा, दिदी, बहिनी जस्ता शब्दहरूलाई विस्थापित गर्दैछौं । यसले हाम्रो भाषा कुरुप मात्र भएको छैन, सम्बन्धको मिठास पनि हराएको छ ।

अझ पश्चिमा संस्थाहरूका लगानी र फेलोसिपमा हुर्केका सञ्चारमाध्यममा पहुँच राख्ने बौद्धिक भनिएकाहरूले त अंगे्रजीमा छाडा शब्द सहजै बोलेको देखिन्छ । सार्वजनिक समारोहमै ‘भजाइना’, ‘फक’ जस्ता शब्दहरू बोल्ने र ताली पिट्ने जमातलाई हामीले समाजको अग्रगामी शक्तिको दर्जा दिएका छौं ।

संस्कृत भाषा मात्र हैन त्यति नै पुरानो देवनागरी लिपि पनि छ हामीसँग । अझ ब्राह्मी जस्तो हजारौं साल पुरानो लिपिको इतिहास भएका हामी मौलिकताप्रति चाहिं घृणा गर्छाैं । पाँचौं शताब्दीमा बनेको, आफ्नो व्याकरण नभएको, उपनिवेश भएका देशमा आएको अंगे्रजी भाषा जान्दा सभ्य भएको ठान्ने, ब्रह्माण्डको ध्वनि विज्ञानसँग गाँसिएको, विशाल शब्दभण्डार रहेको संस्कृत भाषालाई तिरस्कार गर्ने ठाउँमा हामी किन छौं ? अब घोत्लिनै पर्छ । अरूका भाषाको सम्मान गरौं ठीक छ । आवश्यक पर्ने ठाउँमा त्यसको प्रयोग गरौं, त्यो पनि ठीक छ । तर भाषाको जननी संस्कृत भाषामा रहेको समृद्ध आयामलाई समात्न अब ढिलो गर्नुहुँदैन ।

यहाँ मैले एउटा कुरा जोड्नै पर्छ कि संस्कृति र भाषामा एकदमै अन्योन्याश्रित सम्बन्ध हुन्छ । संस्कृति प्रकृतिले तय गर्छ । हाम्रा कति नेताहरू टाई लगाएर देशको भाषा–संस्कृति जोगाउने भाषण दिइरहेका हुन्छन् । खासमा टाई बाँध्ने संस्कृति युरोपको हो । नौ महिना हिउँले ढाक्ने ठाउँ हो त्यो । त्यो पनि ऋणात्मक (माइनस) ४० डिग्रीसम्म हुने । अत्यधिक जाडो हुने, सिंगान बगिरहने भएर सिंगान पुछ्न र छातीलाई चिसोबाट जोगाउन सहज होस् भनेर उनीहरू घाँटीमा कपडा बाँधेर हिंड्ने गर्दथे । बाँध्दाबाँध्दै त्यो पछि टाईको रूपमा परिणत भएर आयो । वर्षभरि नै अत्यधिक चिसो हुने प्रकृतिका कारण त्यहाँ टाई संस्कृति बन्यो । हाम्रोमा भने अन्धनक्कलले यसलाई सभ्यताकै रूपमा अनुसरण गरियो । हुँदाहुँदा अब टाई नलगाउनेलाई ‘पाखे’ भनिने अवस्था छ ।

आत्महीन मानिसको शरीरलाई जसरी हामी लास भन्छौं, आफ्नो मौलिक सभ्यता मेटिएको समाज त्यसैगरी मृत बन्न पुग्दछ । आत्महीनताको यस रोगलाई आधुनिक सभ्यता ठान्ने परिपाटीमाथि जागरण ल्याउन धेरै ढिलो भइसकेको छ ।

नेपालमा प्रत्येक सीधा ५० किलोमिटर दूरीमा अलगअलग तापक्रम छ । उत्तरमा बक्खु, दक्षिणमा धोती लगाउनुपर्ने ठाउँ छ । बीचको पहाडमा न अत्यधिक जाडो न अत्यधिक गर्मी हुने ठाउँ छ । यहाँ उति चिसो नहुने हुनाले छाती छोप्ने दौरा–सुरुवाल लगाउँछन् । धेरै चिसो हुँदा हिमालमा बक्खु लगाउँछन् । तराईमा धोती लगाउँछन् । हामीलाई भौगोलिक अवस्था र तापक्रमले दिएका पोशाक यिनै उपयुक्त छन् । तर, हामी किन अन्य संस्कृतिका लुगा भिर्न उत्सुक ?

आयातित संस्कृतिले हामी कसरी उल्लु बनिरहेका छौं भन्ने अर्को एउटा उदाहरण हेरौं । अहिले जनवरी १ अर्थात् पुस महिनामा पर्ने विदेशी नयाँ वर्ष भन्दै युवाहरू हूल बाँधेर हिंडेको भेटिन्छ । यूरोपमा यहाँको पुसमा नयाँ वर्ष लाग्ला उहाँ मनाउन स्वाभाविक होला । तर यहाँ ? कतिले त सन्लाई नै नयाँ वर्ष मनाऔं भन्दै गरेको पो भेटिन्छ ।

सज्जन महोदय, हावाको भरमा चलाउन थालिएको होइन नयाँ वर्ष कि तपाईंलाई जहिले मन लग्यो तैले बनाउनलाई । बाह्रै महिना चिसो, कि खडेरी मात्र हुने दुई मासको देश होइन यो । ६ वटा ऋतु हुन्छन् यहाँ । चैत र वैसाख वसन्त ऋतुमा पर्छ । त्यो बेला जीव वा वनस्पतिले नयाँ पालुवा फेर्छ, जेठ असार ग्रीष्म (घाम), साउन भदौ (वर्षा), असोज कात्तिक शरद (दशैं–तिहार), मंसिर पुस हेमन्त (अन्न थन्क्याउने) र माग फागुन शिशिरमा अत्यधिक हावा चल्छ ।

यति धेरै ऋतुमा चैत सकिंदै गर्दा प्रकृतिले पुराना पात फ्याकेर खाली भएका बोटहरूले नयाँ पालुवासँगै कोपिला र फूल फुलाउन थाल्छ । वनस्पतिका मात्र हैन जीवको पनि पालुवा लाग्ने बेला हो यो । मान्छेका गाला पनि गुलावी भएर आउँछन् । हो, प्रकृतिको नयाँ जीवनसँगै नयाँ वर्ष लाग्छ अनि यहाँको नयाँ वर्ष पुसमा मनाएर हुन्छ ? प्रकृति अनुसार बनेका हुन्छन् संस्कृति, त्यसैले संस्कृति जति छोपियो त्यति हामी मौलिकता मात्र गुमाउँदैनांै हाम्रो अस्तित्व पनि मेट्नेछौं । अहिले भइरहेको पनि त्यही छ ।

हाम्रो सभ्यतामा हामी कुन घडी र पलामा जन्मियौं र त्यसबेला ग्रहको अवस्था के थियो भन्ने आधारमा नाम दिइन्छ । अहिले त नामको अर्थ पनि थाहा हुन्न । नामै पनि डेनिस, जङकी, डिसेम्बर हुन्छन् । ग्रहको अवस्था अनुसार नाम हुँदा ऊ कस्तो स्वभावको छ भन्ने कुरा ग्रहको अवस्थाले जानकारी दिन्छ । अनि नाम पनि त्यसैगरी राखिन्छ । युद्धमा स्थिर हुने युधिष्ठिर, भीम भनेको भयानक डरलाग्दो शरीर भएको ।

यसरी एक दुई कोणबाट मात्र हैन हरेक कोणमा अब्बल भाषा हो संस्कृत । तर संसारले चासो दिइरहेको हाम्रो संस्कृत भाषा र लिपिलाई हामीले भने महत्वहीन बनाएका छौं । हाम्रो सभ्यताले आर्जन गरेका सम्पूर्ण ज्ञान बुझ्न पनि संस्कृत भाषाको पुनरुत्थान गर्नु र समाजमा पुनः जागरण ल्याउनु आवश्यक छ ।

आत्महीन मानिसको शरीरलाई जसरी हामी लास भन्छौं, आफ्नो मौलिक सभ्यता मेटिएको समाज त्यसैगरी मृत बन्न पुग्दछ । आत्महीनताको यस रोगलाई आधुनिक सभ्यता ठान्ने परिपाटीमाथि जागरण ल्याउन धेरै ढिलो भइसकेको छ ।

प्रतिक्रिया

15 thoughts on “हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?

  1. ज्ञानको लागि कुरो ठिक भए पनि व्यवहारका लागि यो सत्य होइन ।संस्कृत भाषामा गर्व गर्नु एउटो कुरो हो । किन संस्कृत तुलनात्मकरूपमा व्यवहारबाट विलोप भयो भन्ने बारे खोज गर्नु होला ? मेरो जिजुबाजेको सयौं बिगहाको खेत थियो , हात्ती घोडा थियो भनिरहँदा अहिले बहालमा बसेको यर्थाथलाई बुझ्नु पर्ने हो । इतिहासबोध गरी गर्व गर्नु राम्रो हो । हामीसँग जे छ त्यसको आधारमा अगाडि बढ्नु पर्छ । । संस्कृत भाषा त्यसै पनि तपाईँको आलेखले नै कहाँको उत्पत्ति हुन सक्छ भन्ने कुरोको रूपरेख कोर्नु भएको छ । सत्य के पनि हो भने चिनियाँहरूले अंग्रेजी सिक्न थालेका छन् । हामीले कसरी भाषिक नीति बनाउने हो त्यो महत्वपूर्ण हो । आजको आर्थिक समाजिक आधारमा भाषिक नीति बनाउनुपर्ने होला । तर जुन प्रकारको स्वर आलेखबाट निस्किरहेको छ त्यो फेरि संस्कृतलाई चिहानमा पु¥याउने स्वर नै हो । कोइला धेरै लामो समय खानीमा रहेर हीरा बन्नछ । हीराको प्रयोग सार्वजनिक जीवनमा कोइलाको जस्तो गर्न नसकिने झैं संस्कृतलाई त्यसै गरी व्यवहार गर्नु अहिलेको बुझाइ होला ।

    1. मातृभाषा संरक्षण र सम्बर्द्धनबिना मुलुक प्रगति सम्भव छैन भन्ने कुराका लागि चीन, जापान, कोरिया, जर्मनी लगायतका देशलाई हेरे हुन्छ । अङ्ग्रेजी कति जनालाई सिकाउने त्यो निधो हुनुपरो । सर्व अङ्ग्रेजीले मुलुक ध्वस्त भको छ ।

      1. – लिनु नानीको अंग्रेजी भाषाको प्रभुत्व र हैकम विरोधी भावनालाई स्वागत र समर्थन गरिनु पर्ने हुन्छ। तर तर यो प्रश्न भाषा आवेगको प्रश्न न भएर भाषागत रुपमा राजनीतिक प्रश्न हुने गर्दछ।
        – तर के बुझ्नु पर्ने हुन्छ भने विनु छोरीले प्रखर बाग्जालको माध्यम देशीय भाषा र संस्कृतिको उपेक्षा र तिरस्कार एवं ऐतिहासिक विकाशको प्रकृति, प्रक्रिया र प्रस्तुति एवं प्रशस्तिहरुलाई तुलनात्मकरुपमा संस्कृत भाषा र वैदिक संस्कृतिको विवेचनात्मक विमर्श गराइ इतिहास चेतना विरोधी र भावावेशमा अतिशयोक्ति मात्रै होइन वर्तमानको जीवन संघर्ष र सुन्दर भविष्यको सपनाहरुलाई रुमलाउनु हुँदै अतीतोन्मुख दृष्टिकोण प्रस्तुत गर्नु भएकी छिन्। उनको विवेचनाहरुले यस्तो भान र भ्रम पैदा गर्ने गर्दछ कि जे जति छन् त्यो अतीतमा मात्रै छन् र आधुनिक वर्तमान चेतना भनेको नै सनातन अतीतमा फर्किएर पछि जानु पर्छ भन्ने चेतना नै हुने गर्दछ, वेदमा फर्किनु नै जीवन हो विज्ञानको विकासमा केही छैन। छ भने वेद नै विज्ञान हो भन्ने प्रकारका मत मतान्तर राख्नु भएकी छिन्। तर यो दृष्टिकोण अत्यन्त गलत दृष्टिकोण हुने गर्दछ।
        – संस्कृत भाषा पुरानो, समृद्ध र राज भाषा थियो भनेर ऐतिहासिक महत्वको व्याख्या र विश्लेषण सान्दर्भिक प्रस्तुति हुनेछ तर सबै भाषाको जननी हुन् भन्नु सबै प्रकारका सामाजिक शास्त्रहरुका इतिहास विरोधी भनाई हुने निश्चित छ। कुनै समय संस्कृत भाषा अहिलेको अंग्रेजी भाषा जस्तै प्रकृति र जन भाषा एवं सुदुर प्रान्तिक जन समाज र जनजाति हरुका संस्कृतिहरुका दमनकारी भाषा र संस्कृति थियो जो तत्कालीन जन् जीवनमा सामन्तवादी पितृसत्तात्मक राजनीतिक शासन र पद्धतिमा भई रहेका महान युगान्तकारी उथल पुथलमा सामन्तवादी पितृसत्तात्मक राज सत्ताका पतनका साथ साथै संस्कृत भाषा र संस्कृति पनि पतन हुँदै गएका ऐतिहासिक र व्यवहारिक तथ्यहरु मेरा मनका उपजहरु होइनन् न त कम्युनिस्ट इतिहासकारहरुले लेखेका इतिहास नै हुने गर्दछन् !
        – लिनु नानीको अंग्रेजी भाषाको अधिपत्य र हैकम विरोधी भावनाहरु अतितोन्मुख भएर होइन सम्प्रभुतासम्पन्न, स्वालम्वन र समृद्धिको भविष्य तिर उन्मुख हुनु पर्दछ। साम्राज्यवादी कोरपोरेट को इशारामा चल्ने RSS को षड्यन्त्रमूलक चलखेलको दृष्टिकोण हुनु हुँदैन।
        – यसर्थ अंग्रेजी भाषाको हैकम र प्रभुत्वहरुलाई विनु नानीको प्रखर विरोधलाई भाषिक विभेदको आधारमा होइन केवल देशको समृद्धिको निम्ति देशको राजनीतिक व्यवस्थापनमा हुने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भाषा नीतिमा लिने निर्णयमा स्थानीय भाषाहरुलाई व्यवहारिकता सम्वैधानिक सम्वैधानिक अधिकारहरू प्रदान गरिनु पर्दछ भन्दै माग गर्ने आधारमा समर्थन गरिनु पर्दछ।
        – विनु नानीले वर्तमानको धरातलबाट अतीतमोह तीर होइन सुन्दर भविष्य तिर दिशा निर्देश गर्नु पर्दछ।

    2. तपाईंले संस्कृत भाषाको सम्बन्धित टिप्पणी उल्लेखनीय रुपमा प्रस्तुत गर्नु भएको छ। राम्रो लाग्यो। तर अंग्रेजी भाषालाई देशको मातृभाषा र जातीय भाषाको विकल्प भाषाको रूपमा हेर्नु उचित हुँदैन। अंग्रेजी भाषालाई शिक्षामा भाषाको रूपमा राख्नु सही होला तर शिक्षाको माध्यम गर्नु सही हुँदैन भन्ने तथ्यहरू विश्वमा विकसित देशहरूमा पाइने उच्च शिक्षाको माध्यमलाई खोज खबर गरेर जानकारी प्राप्त गरेर स्पष्ट रूपमा बुझ्नु सक्ने छौं।

    3. ‘कम्प्युटर’का ‘प्रोग्रामिङ’ संकृत भाषामा लेखिने अनि गोरो छाला भएकाहरूले संस्कृत भाषामै तालिम दिन थालेपछि ‘कोचिङ सेन्टर’मा गएर चर्कै ‘फी’ तिरेर संस्कृत सिकौंला! अहिले के को पीर, कि कसो ‘ब्रो’?

  2. धेरै रस्म्रो लाग्यो तपाइको यो लेख र्स सत्य पनि त हो हामी नेपाली हाम्रो आस्था , संस्कृति , भाषा , पहिरन इ सबैको धेरै महत्त्व छ र राख्दछ पनि धन्यवाद हजुरलाइ यो महत्त्वपूर्ण लेखको लागि 🇳🇵🙏

  3. म ताँमाङ भएको हुनाले मेरो भाषा संस्कृति हैन र”हाम्रो” भन्ने कुरामा असहमति पहिलो।
    नेपाली भएको हुनाले “हाम्रो “भनेको राज्यले तोकेको भाषा नेपाली हो,संस्कृत हैन।
    र कुनै पनि भाषा को अर्थ दोश्रो प्राथामिकता हो।पहिलो प्राथामिकता …त्यो भाषा द्वारा चल्ने जनजिविका।
    जिविकाको माध्यम भाषा हुन सकेन भने प्रचलन बाट त्यो भाषा बिलुप्त हुँदै जान्छ कि?
    संस्कृत यसकारणले पनि धमिरा लाग्दै गको हो कि यो सर्वग्राही हुनसकेन।
    …..अँग्रेजी भाषा मात्र रहेन अब।यो जिविकाको लागि अत्यावश्यक शिप को रुपमा विकसित हुँदै गयो।किन आरोप लगाउने?

  4. सारै उत्कृष्ट लेख छ यो। हामी नेपाली प्राय अंग्रेजी मुख बिगारे बोल्ने लाई ज्ञानी र विद्वान संझ्न्छौ । बालबालिका लाई a b c बाट अध्ययन शुरु गराउँछौ। मख्ख पर्छौ।
    हो ! सबै भाषा जान्नु राम्रो हो तर आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नु र त्यसको महत्त्वको उपयोग गर्नु गराउनु हाम्रो काम हो।

  5. आलेख ज्यादै सान्दर्भिक छ। हाम्रा ऐतिहासिक भाषाको महत्त्वका बारेमा लेख लेखेर नेपालीहरूलाई गुन लगाउनु भएकोमा धन्यवाद। हामीलाई आफ्नोपन, परिचय, सभ्यता र संस्कृति छोड्न सिकाउने शिक्षा व्यवस्थामा परिवर्तन नगरी अन्य प्रयासले भाषाहरूको विकास र प्रयोग दिगो हुने देखिदैन्। यसर्थ अब हाम्रो कलम शिक्षा व्यवस्थामा परिवर्तन गर्न पनि चल्नु पर्छ।

  6. जीविकालाई नै मुख्य लक्ष्य मानुञ्जेल सम्म संस्कृत भाषाको महानता बुझ्न बुझाउन नसक्नु भनेको माछाले भ्यागुतोलाई समुद्र कत्रो छ भनि बताउन नसक्नु जस्तै त हो।

  7. आदत, दर्जा, जमात, अब्बल… – बुझिएन। नेपाली भाषामा अङ्ग्रेजीभन्दा धेर अरबी-फारसीको अतिक्रमण प्रबल छ।
    नेपाली अक्षम बने संस्कृतको सहारा छ भने यस्ता विदेशी आगन्तुक शब्ददेखि नेपालीलाई जोगाउनुपर्ने हो।
    नेपालीमा संस्कृतको महत् स्थान स्वीकार गर्दै शुद्ध नेपाली शब्द चलाउनमा गर्व गरौँ। अरबी-फारसीको खाड़लबाट नेपाली भाषालाई निकालौँ। नेपाली प्रकृतिमा हुर्काउने प्रयास गरौँ, नसकिए संस्कृतको शिखरमा राखौँ। जातभाषाका शब्दहरू स्वीकारौँ।
    नेपाली शुद्धीकरण अभियान सफल पारौँ।

  8. यी सबै दरिद्र मनसिक्ता र परनिर्भरताको कारणहरु हुन् जस्तो लाग्छ ।

  9. अतिनै यथार्थ समय शान्दर्भिक लेख को लागि लेखिका प्रति साधुवाद् व्यक्त गर्दछु 🙏

  10. Congratulations to you for this eye-opening article. True, many indigenous languages are in danger zone due to our blind support to English and its speakers. Sanskrit language, literature, and grammar is a common reservoir to all linguistic families. Whoever denies it today will adore it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *