५५ किलोमिटर साइकल चलाउने ७ वर्षीय बालकलाई मुख्यमन्त्रीले दिए ५१ हजार – Nepal Press

५५ किलोमिटर साइकल चलाउने ७ वर्षीय बालकलाई मुख्यमन्त्रीले दिए ५१ हजार

जनकपुरधाम । सेना दिवस एवं महाशिवरात्रिको अवसरमा ५५ किलोमिटर साइकल यात्रा गर्ने ७ वर्षीय बालकलाई प्रदेश २ सरकारले पुरस्कृत गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ आयोजित साइकल यात्रामा सहभागी सप्तरीका सात वर्षीय बालक राहुल चौधरीले मुख्यमन्त्री लालबाबु राउतबाट ५१ हजार नगद प्राप्त गरे ।

साइकल यात्रामा नेपाली सेना र सशस्त्र प्रहरीका पूर्वअधिकारीसहित १८७ जनाले सहभागिता जनाएका थिए । ६५ वर्षीय बृद्धले पनि साइकल यात्रा गरेको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

‘स्वच्छ देश, स्वस्थ मधेश’ नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्जलगायतका संघसंस्थाको संयुक्त आयोजनामा साइकल यात्रा आयोजना गरिएको थियो ।

समापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा पर्सा राष्ट्रिय निकुञ्जलाई विकास गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेलले प्रदेशको पर्यटकीय सम्भावना र वन्यजन्तुको संरक्षण सम्बन्धमा प्रदेश सरकारको नीतिबारे धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर