घरभित्रै निसास्सिएर बैतडीमा एक जनाको मृत्यु – Nepal Press

घरभित्रै निसास्सिएर बैतडीमा एक जनाको मृत्यु

कैलाली । बैतडीमा घरभित्रै निसास्सिएर आज एक जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका-३ पुडिलका ३२ वर्षीय राजबहादुर साउदको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बन्द कोठाभित्र हिटर बालेर सुतेका उनी स्वास फेर्न कठिन भएपछि बेहोस भएका थिए । स्थानीय केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर हरिशरण भट्टले जानकारी दिए ।

काेठाभित्रै निस्सासिएकी सरिता साउदको अवस्था पनि गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर