रुपन्देही सुपर लिग: न्यू होराइजन फाइनलमा – Nepal Press

रुपन्देही सुपर लिग: न्यू होराइजन फाइनलमा

रुपन्देही । न्यू होराइजन क्रिकेट क्लब रुपन्देहीको भैरहवामा जारी सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको बुद्धले निर्धारित ४४ ओभरमध्ये ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनको योगफल बनायो । उसका लागि अजय त्रिपाठीले ४४, रिजन प्रजुले ३९, निखिलेश यादवले १६ र कमलेश यादवले नटआउट ११ रन बनाए ।

बलिङमा न्यू होराइजनका लागि शक्तिप्रसाद गौचनले ८.५ ओभरमा ४ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, पुरुषोत्तम भट्टराई र राहुल प्रजापतीले समान २/२ तथा सुमित पराजुलीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यू होराइजनले ४२ ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउँदै जित निकाल्यो । उसका लागि शक्तिप्रसाद गौचनले नटआउट ४२, मनिष थापाले २७ र सुमित पराजुलीले नटआउट २४ रन बनाए ।

बलिङमा बुद्धका रुपेश कुर्मीले ४, रिजन प्रजुले ३ र अमित अग्रहरीले १ विकेट लिए । बिहीबार दोस्रो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

यी दुईबीचको विजयी टिमले उपाधिका लागि २९ गते न्यू होराइजनसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *