फागुन महिनामा बैंकको आक्रमक कर्जा बिस्तार – Nepal Press

फागुन महिनामा बैंकको आक्रमक कर्जा बिस्तार

काठमाडौं । कोभिड–१९ को असर कमहुँदै जाँदा बैंक तथा बित्तीय क्षेत्रमा कर्जा प्रवाह उल्लेखीय रुपमा बढेको छ ।

पछिल्लो समय शेयर बजार , घर जग्गालगायतका कारोवार बढेसँगै कर्जाको माग पनि बढेको देखिन्छ । घरजग्गा , ओभरड्राफ्ट र व्यक्तिगत प्रकृतिको कर्जामा सबैभन्दा बढी माग रहेको बैंकहरुले बताएका छन् ।

त्यस्तै पछिल्लो समय आयात बढेका कारण पनि कर्जा विस्तारमा बृद्धि भएको जानकार बताउँछन् । कोभिडका कारण आयात निर्यात ठप्पहुँदा व्यवसायीले कर्जाको माग गरेका थिएनन् ।

जसले गर्दा बैंकमा तरतला बढेको थियो । तर, पछिल्लो समयमा नेपालमा कोभिडको असर कमहुँदै जाँदा आयात–निर्यातमा वृद्धि भएकाले कर्जाको माग बढेको बताउँछन् बैंकका कर्मचारी ।

भन्सार बिभागको पछिल्लो तथ्याङ्कनुसार आठ महिनामा करिब ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

कोभिडका कारण अर्थतन्त्रका सम्पूर्ण क्षेत्र प्रभावित हुँदा नेपालको आर्थिक बृद्धिदर नै १.९९ प्रतिशतले ऋणात्मक बनेको छ ।

पर्यटन , उत्पादन, रोजगारीलगायतका क्षेत्रमा अझै पनि कोभिडको प्रभावबाट मुक्त हुन सकेको छैन । यसैगरी लघु, साना, घरेलु तथा सझौला उद्योगलगायतका क्षेत्र उठ्नै नसक्ने गरि थलिएका छन ।

कोभिडका कारण अर्थतन्त्र ठप्प हुँदा अधिक तरलताको समस्या थियो भने कर्जाको माग बढ्न नसक्दा निक्षेप र कर्जा तर्फ दुबैको ब्याजदर घटेको थियो ।

तर, पछिल्लो समय कर्जाको माग बढ्न थाले पनि निक्षेप संकलन भने बढ्न सकेको छैन । फागुनको तेस्रो साता बैंकको तथ्याङ्क हेर्ने हो भने २६ अर्ब रुपैयाँ बराबरको कर्जा बिस्तार भएको छ भने १३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ ।

त्यस्तै फागुनको दोस्रो साता २७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा ११ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ ।

फागुनको पहिलो सातमा १२ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको देखिन्छ । फागुनको ३ सातमा ७० अर्ब रुपैयाँको कर्जा प्रवाह भएकोमा ३६ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलनको ५१.४३ प्रतिशतले कम देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर