हाम्रो मौलिक संस्कार: पश्चिमाले सिक्दै, हामी बिर्संदै – Nepal Press
पूर्वीय सभ्यता

हाम्रो मौलिक संस्कार: पश्चिमाले सिक्दै, हामी बिर्संदै

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण हाल विश्व नै तहसनहस भएको छ । शक्तिसम्पन्न राष्ट्रहरू समेत पराजित मानसिकतामा पुगी के गर्ने के नगर्ने अवस्थाबाट छट्पटाइरहेका छन् । हुन पनि यसबाट दिनमै लाखाै‌ मानिसमा संक्रमण फैलने र हजारौंको ज्यान नै जान थालेको समेत एक वर्षभन्दा बढी भएको छ ।

विज्ञान र प्रविधिको उत्कर्षमा पुगेको भनिएको हालको अवस्थामा पनि लामो समयको अथक् प्रयासबाट केही खोपको शुरुआत गर्न बाहेक अन्य उपाय गर्न नसकी सम्बन्धित क्षेत्रका विज्ञहरू समेत निराश भएका छन् ।

प्रारम्भिक चरणमा शुरुआत गरिएका केही खोपहरू बाहेक हालसम्म यसको कुनै उपचार वा नियन्त्रणको उपाय पत्ता लागेको छैन । तर हालसम्मको अनुभव र विकसित मान्यताबाट हाम्रो पूर्वीय दर्शनका परम्परागत संस्कार र हाम्रा आनीबानीहरूले यसलाई तुरुन्त फैलनबाट कम गरेर यसको फैलावटमा संकुचनसम्म गर्न सक्ने देखिएको छ ।

एकअर्का बीच भेटिंदा अभिवादनको रूपमा नमस्कार गर्ने, बाहिरबाट घरमा आउँदा हातखुट्टा धोएर भित्र पस्ने, खाना खानुअघि हात राम्ररी धुने र घरआँगन चुलोचौको गाईको गोबर र गहुँतले सफा गर्ने जस्ता हाम्रा परम्परागत चालचलनले केही मात्रामा भए पनि यसको विस्तारमा कमि ल्याएको देखिंदा यहाँ त्यसै विषयमा केद्रित रहेर सानो चर्चा गर्ने जमर्को गरेको छु ।

पूर्वीय दर्शनका केही संस्कार/चालचलन तथा बानी

पूर्वीय दर्शनलाई परम्परागत र सनातन रूपमा विकसित हुँदै आएको दर्शनको रूपमा लिइन्छ । यसको शुरु मानव सभ्यता सँगै भएको र हाम्रा ऋषिमुनिहरूद्वारा विभिन्न प्रयोग र परीक्षणबाट अवलम्बन गर्न थालिएको हो । तर कालान्तरमा पश्चिमी सभ्यताको प्रभाव सँगै त्यही संस्कृति र संस्कारको देखासिकीमा हाम्रा आफ्ना संस्कार र चालचलनहरू छोड्दै जाँदा क्रमशः हराउँदै गए ।

हामी हाम्रा वैज्ञानिक परम्परा र संस्कारहरू छोड्दै आधुनिक सभ्यताका नाममा पश्चिमा संस्कृतिको अन्धभक्त हुँदै गयौं । हुँदाहुँदा हाम्रा संस्कारहरू हाम्रै लागि अन्धविश्वासी र पाखे चलन बन्न पुगे । हाम्रा संस्कार र हामीले अवलम्वन गर्दै आएको परम्परागत चालचलनको पछाडि रहेका वैज्ञानिक आधार र कारणतर्फ हाम्रो ध्यान कहिल्यै पुगेन ।

हाल आएर कोरोना महामारीका कारण पश्चिमा सभ्यताका जननी भनिएका अमेरिका र युरोप जस्ता विकसित राष्ट्रका प्रमुखहरूले समेत भेटघाटमा अभिवादन गर्दा हात मिलाउने र अंकमाल गर्ने अर्थात् हग गर्नेे चलनको साटो नमस्कार गर्न थालेबाट हामी पूर्वीय संस्कारका अनुयायीहरूलाई आफ्नै परम्परा र चालचलनको खोजी गर्न सम्झाएको छ ।

अझ हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाको संक्रमणदर पूर्वीय संस्कार, हाम्रा आनीबानी र प्रचलनले कम गर्न सकेको देखिएकाले हामीलाई अतीतका चालचलन, व्यवहार र प्रचलनतर्फ फर्कन वा सम्झन बाध्य बनाएको देखिन्छ ।

घर भान्सा सफा राख्न घरमै पालेको गाईको गोबरको प्रयोग र शुद्ध हुन गरिने गहुँतको प्रयोगले रोग लाग्ने कीटाणुको नाश गर्ने र यस्ता रोगका कीटाणुहरू नाश गर्ने गोबर, गहुँत वा खरानीबाट बारम्बार भान्साको सफा गर्ने प्रचलन हाल स्यानिटाइजरले सफा गर्ने भन्दा अझ परिस्कृत चलनको रूपमा रहेको व्यवहार देखिन्छ ।

परम्परागत हाम्रो संस्कार अनुसार हामी परिवारभित्रका आफन्तहरूसँग भेट हुँदा मान्यजनलाई हात उठाएर दर्शन गर्ने र अन्य आफन्त वा साथीभाइलाई दुईहात जोडेर नमस्कार गरी अभिवादन गर्ने गर्दथ्यौं । बाहिरबाट घर आउँदा वा घरमा आफन्त वा मान्यजन आउँदा ढोकामै पानी दिएर हातखुट्टा धोइसकेपछि मात्र घरभित्र स्वागत गर्ने हाम्रो चलन हो ।

हाम्रा आमा र भाउजूहरूले भान्सा र घर सफा राख्न प्रत्येक दिन बिहान गाईको गोबरबाट चुलोचौको र आँगन–मझेरी लिपपोत गर्दथे । भान्सामा छुट्टै र चोखो कपडा लगाएर बयस्क मान्छेले मात्र खाना पकाउने, बालबच्चाहरूले भान्सामा नजाने वा नछुने हाम्रो परम्परा नै हो । खाना खाने वेलामा हातखुट्टा राम्ररी धोएर छुट्टै सफा र चोखो कपडा वा अझ बाह्मणहरूले धोती लगाएर मात्र भान्सामा जाने, तामा वा काँसका भाडा मात्र भान्सामा प्रयोग गर्ने र खाना खाइसकेपछि राम्ररी हातमुख धुने व्यवहार अद्यापि कहीं कतै भेटिन्छ ।

भान्सा सकिएपछि गाईको गोबरले लिपपोत गरेर सफा गर्ने चलन दुर्गम गाउँमा अहिले पनि रहेको छ । प्रत्येक घरको अगाडि तुलसी रोप्ने र बिहान सबेरै नुहाईधुवाई गरेपछि तुलसी र पीपलमा जल चढाउने र यस्ता बिरुवाहरूको संरक्षण गर्ने त हाम्रो प्रचलन नै हो । बिहानको समयमा केही समय फुर्सद निकालेर ध्यान, जप र पूजा पाठ गर्ने, अशुद्ध भएपछि चोखोनितो हुन गाईको गहुँत प्रयोग गर्ने हाम्रो गाउँघरको प्रचलन अद्यापि हामीले कतै कतै शिरोपर गरेका छौं ।

घर बाहिरका तयारी खाना सकभर नखाने, आफैंले पालेका गाईगोरुको मल प्रयोग गरेर आफ्नै खेतबारीका उब्जाउ अन्न घरमै पकाएर मात्र खाने । रुघाखोकी जस्ता बिमारी भएमा अलग्गै बसेर उपचार गर्ने र हाच्छिउँ वा खोकी आउँदा कपडा वा सफा टालो (रुमाल) आदिले नाक मुख ढाक्ने र तत्काल केही नपाएमा कुहिनाले नाक–मुख छोप्ने गर्न बालबच्चाहरूलाई आजपर्यन्त हामी सिकाउँदैछाै ।

बिरामीको अन्तिम अवस्थामा सबै उपचार सकिएपछि घरआँगनमा निकालेर तुलसीको मठमा राख्ने जस्ता कार्यहरू पनि हाम्रा परम्परागत चालचलन र दैनन्दिन नै हुन् ।

हाम्रा चालचलनका सकारात्मक प्रभाव

हाम्रा पूर्वीय संस्कार तथा चालचलन धेरै वैज्ञानिक र यिनीहरूको प्रभाव कोरोनाको महामारी कम गर्न समेत सकारात्मक रहेको कुरा प्रमाणित भैसकेका छन् । हाम्रो परम्परा अनुसार नयाँ, आफन्त वा मान्यजनसँग भेटघाट हँुदा वा स्वागत गर्दा हात मिलाउने, अंकमाल गर्ने वा हग गर्नु जायज मानिंदैन । यो देखासिखीमा परेको पश्चिमा संस्कृतिको प्रभाव हो । त्यसको सट्टा हामीले सनातनदेखि गरिआएको सामाजिक दूरी कायम गरी दर्शन वा नमस्कार गर्ने परम्पराबाट यस्ता महामारी फैलाउने भाइरसको विस्तार समेत कम हुने कुरा स्पष्ट भइसकेको छ । सोही कारण नमस्कार गर्ने चलन आज सबैतिर बढ्दैछ ।

घरको मान्छे वा आफन्त तथा अतिथि बाहिरबाट आउँदा, घर भित्र पस्नु पहिले र खाना खानु अगाडि हातखुट्टा धुने परम्पराले फोहोर र भाइरस जस्ता हानिकारक रोगका कीटाणुहरू घरमा आउन पाउँदैनन् र रोगव्याधिको विस्तारलाई रोक्दछ भनिरहनु नपर्ला । अझ हामीले गरिआएको हात धुने जस्ता सफासुग्घर रहने कार्य नियमित गर्न विश्व समुदाय नै हाल साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनी प्रचारमा जुटेको छ ।

घर भान्सा सफा राख्न घरमै पालेको गाईको गोबरको प्रयोग र शुद्ध हुन गरिने गहुँतको प्रयोगले रोग लाग्ने कीटाणुको नाश गर्ने र यस्ता रोगका कीटाणुहरू नाश गर्ने गोबर, गहुँत वा खरानीबाट बारम्बार भान्साको सफा गर्ने प्रचलन हाल स्यानिटाइजरले सफा गर्ने भन्दा अझ परिस्कृत चलनको रूपमा रहेको व्यवहार देखिन्छ ।

वयस्क व्यक्तिले शुद्ध र सफा कपडा लगाएर मात्र खाना बनाउनुपर्ने कार्य कसरी पुरातन र ढोंगी संस्कार हुनसक्छ ? गाईको दूध, दही, घ्यूका साथै शुद्ध खेतीको अग्र्यानिक ताजा खाना, त्यो पनि घरमै बनाएको, उपयोगबाट शरीरमा रोग प्रतिरोधी क्षमता विकास हुने गरेको कुरा कसैले नकार्न सक्दैन । ध्यान, जप र पूजापाठको प्रभाव त पश्चिमा संस्कृतिमा समेत हाल फैलिंदै गरेको योगको प्रभावबाट स्पष्ट हुन्छ ।

तुलसी रोप्ने र पीपललगायत वनस्पतिका बिरुवामा पानी चढाउने परम्पराले प्रकृतिको संरक्षण गर्ने र मानव स्वास्थ्यका लागि आवश्यक प्राणवायु अक्सिजनको विस्तार गर्ने गरेको देखिन्छ । हामीले भगवान मानी पूजा र संरक्षण गर्ने तुलसी र पीपल नै सबभन्दा बढी अक्सिजन उत्पादन गर्ने वनस्पतिहरू हुन् भनेर वैज्ञानिक रूपमै प्रमाणित भैसकेको छ । त्यसैले त मानिसको उपचारको अन्तिम अवस्थामा श्वासप्रश्वासमा सहजताका लागि अस्पतालहरूले अक्सिजन लगाउने वा भेन्टिलेटरमा राखेजस्तै तुलसीको मठमा राख्ने हाम्रो परम्परा हो ।

ब्राह्मणहरूले धोती फेरेर भात खाने परम्परालाई हामीले पाखे र वाहियात् भनेर छाड्दै गयौं, तर खाना खाने वा पूजापाठ गर्दा मात्र लगाउने छुट्टै चोखो र सफा कपडा धोतीको प्रयोग गर्नु कसरी अवैज्ञानिक हुन सक्छ ? विचार गर्नुपर्ने बेला आएको छ । बाहिर प्रयोग गरेको कपडामा भाइरसलगायतका जीवाणु हुनसक्ने हँुदा सफा र छुट्टै कपडाको प्रयोग गर्नु वैज्ञानिक थियो भन्ने कुरा स्पष्ट छ ।

कोरोनाको विस्तार न्यूनीकरणमा हाम्रो बानी वा चालचलनको प्रभाव

हाम्रा परम्परागत संस्कारहरूले कोरोना पूर्ण रूपमा रोक्न नसके पनि यसको विस्तारमा कमि ल्याउन सक्ने कुरा हाल प्रमाणित भइसकेको छ । हामीले सनातनदेखि गरिआएको सामाजिक दूरी कायम गरी दर्शन वा नमस्कार गर्ने अभिवादनको परम्पराबाट कोरोना जस्ता महामारी फैलाउने भाइरसको विस्तार कम हुनसक्ने कुरा स्पष्ट भैसकेको छ । बारम्बार साबुनपानीले हात धुने, सफासुग्घर हुने र रहने, त्यसो हुन कीटाणु नष्ट गर्ने शुद्ध गाईको गोबर, खरानी र गहँुतले स्यानिटाइजर भन्दा बढी काम गरेको पाइन्छ ।

वयस्क व्यक्तिले शुद्ध र सफा कपडा लगाएर मात्र खाना बनाउनुपर्ने कार्य कसरी पुरातन र ढोंगी संस्कार हुनसक्छ ? गाईको दूध, दही, घ्यूका साथै शुद्ध खेतीको अग्र्यानिक ताजा खाना, त्यो पनि घरमै बनाएको, उपयोगबाट शरीरमा रोग प्रतिरोधी क्षमता विकास हुने गरेको कुरा कसैले नकार्न सक्दैन ।

विशुद्ध घरायसी खाना र पूजापाठ, योग, जप र तपले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गर्दछ । हामीले पहिले प्रयोग गर्ने तामा र काँसका भाडाहरूमा कोरोनाभाइरस जस्ता जीवाणुहरू अन्य कुनै धातुहरूको तुलनामा सबभन्दा कम समय बाँच्न सक्ने कुरा जगजाहेर भैसकेको छ । कोरोनाले सबभन्दा बढी मानव श्वासप्रश्वास प्रक्रियामा असर गर्ने हुँदा उपचारमा संलग्न डाक्टरहरूले प्राणवायुको रूपमा चिनिने अक्सिजन दिने गर्दछन् ।

हामीले दैनिक घर–आँगनमा रोपेर संरक्षण गर्ने तुलसी र पीपल नै प्राण वायु अर्थात् अक्सिजनको प्रमुख स्रोत हो । यसरी हेर्दा हाम्रा परम्परागत आनीबानी, चालचलन वा पूर्वीय संस्कारहरू कोरोनाको विस्तारमा संकुचन ल्याउन सहायकसिद्ध हुने देखिएको छ । शायद त्यसैले होला सभ्य र आधुनिक प्रविधिले समेत सम्पन्न भनिएका युरोप, अमेरिका जस्ता मुलुकहरूमा भन्दा पूर्वीय दर्शनका अनुयायी भनेर चिनिने मुलुकहरूमा तुलनात्मक रूपमा यसको फैलावट र असर केही कम देखिएको छ ।

निष्कर्ष

कोरोनाभाइरसका कारण हाल विश्व समस्याग्रस्त अवस्थामा पुगेको छ । विज्ञान र प्रविधिको हालसम्मको विकासबाट वर्षौं लगाएर केही भ्याक्सिन निर्माण गर्नेबाहेक यसको रोकथामका लागि चालिएका अन्य प्रयास निरर्थक सावित भएका छन् । विश्वका शक्तिसम्पन्न मुलुक र आधुनिक सभ्यताका अग्रणीहरू भनेर चिनिने युरोप, अमेरिका जस्ता मुलुक समेत कोरोना महामारीका कारण तहसनहस बनिसकेको अवस्थामा तुलनात्मक रूपमा पूर्वीय संस्कारका अनुयायी भनेर चिनिने हाम्रा जस्ता मुलुकमा यसको प्रभाव र असर कम देखिएको छ ।

परम्परागत हाम्रो संस्कारमा रहेका रीतिरिवाज र चालचलन कोरोनाभाइरसको संक्रमण केही कम र ढिलो गर्न तथा संक्रमण भइहालेमा समेत असर वा मानवीय क्षति कम गर्न सफल भएका छन् । त्यसैले सामाजिक दूरीमा रहेर अभिवादन गर्ने, बारम्बार हात धुने, शरीरको रोग प्रतिरोधी क्षमता बढाउन जप, तप र ध्यान गर्ने तथा घरमै तयार गरेको अग्र्यानिक खाना खाने जस्ता हाम्रा परम्परागत आनीबानी, चालचलन र संस्कारहरूलाई कोरोनाभाइरसले पुनः एकचोटि सम्झाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *