राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त – Nepal Press

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र नीलम ढुंगाना नियुक्त भएका छन् ।

राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए ।

फागुन १८ गते डेपुटी गभर्नरका रुपमा रहेका चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद खाली रहेको थियो ।

आज बसेको मन्त्रिपरिषद बैठकको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस गरेका संभावित चार नाममध्ये सार्वजनिक ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक नीलम ढुंगाना (तिमल्सिना) र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र नियुक्त भएका हुन् ।

दुई डेपुटी गभर्नरसहित अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठसहित चार कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नरका लागि सिफारिस भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरले नेपाल राष्ट्र बैंकको १७ विभागका विभागीय प्रमुखहरुमध्येबाट चार कार्यकारी निर्देशकको नाम अर्थमन्त्रीसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । गभर्नरले पठाएको नामका आधारमा अर्थमन्त्रीले उक्त नामलाई मन्त्रिपरिषद बैठकसमक्ष पेश गरेपछि मन्त्रिपरिषदले दुई जना डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *