डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित – Nepal Press

डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित

काठमाडाै‌ । मानिसको सौन्दर्य सम्बन्धी अन्तराष्ट्रियस्तरबाट काम गर्ने डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित भएकी छन् । मानिसको सौन्दर्य र छालासम्बन्धी उपचारका लागि डिकस्मो नेपाल अमेरिकन एस्थेटिकमा गायिका जोशीलाई नारी दिवसको अवसरमा ब्राण्ड एम्बासडर नियुक्त गरिएको हो ।

डिकस्मो नेपालकी संचालिका संगीता पुरी र गायिका जोशीले ललितपुरको हिमालय होटलमा आयोजित विशेष समारोहमा समझादारी पत्रमा हस्ताक्षर गरेका छन् । अव गायिका जोशीले डिकस्मो नेपालको प्रमोशन तथा प्रवद्र्धनका लागि काम गर्ने छन् ।

अमेरिकन सौन्दर्यको उत्कृष्ट डिकोस्मो नेपालले छालासँग सम्बन्धित सम्पूर्ण समस्याको समाधान एउटै छानामुनि गर्ने प्रवन्ध निर्देशक आलोक क्षेत्रीले जानकारी दिए । डिकोस्मो नेपालले पूर्ण सावधानी अपनाएर गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।

डिकोस्मो नेपालमा छालाको रङको उपचार, कोठीको उपचार, चायाँपोतोको उपचार, दाँत टल्काउने, घामले डढ्नबाट केयर, छालाको दागहरुको उपचार, डन्डिफोर र घाउका दागको उपचार हुन्छ । त्यसैगरी डिकस्मो छालाको हेरचाह, फुस्रोपना र चाउरिपनालगायतका समस्या समाधान गरिने जनाइएको छ ।

‘कम्पनीको लक्ष्य अन्र्तराष्ट्रिय ब्राण्ड तथा गुणस्तर प्रयोग गरेर सम्पुर्ण छालासँग सम्बन्धित समस्याहरुको समाधान गर्नु हो’ संचालिका पुरीले जानकारी दिइन् । पुरी नेपालको स्किन केयर क्षेत्रको प्रख्यात नाम हो । नेपालीका लागि डिकस्मो नेपालले अझ उत्कृष्ट र खुशीका सन्देश लिएर आउने पुरीले बताइन् ।

मिस युनिभर्सको अफिसियल स्किन केयरका रुपमा रहेको डिकस्मो नेपाली बजारमा आउनु आम नेपालीका लागि राम्रो अवसर हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *