पोखरा र जनकपुरका पार्टी कार्यालयमा पनि ओलीको फोटोसहित एमालेको बोर्ड राखियो – Nepal Press

पोखरा र जनकपुरका पार्टी कार्यालयमा पनि ओलीको फोटोसहित एमालेको बोर्ड राखियो

पोखरा । देशभर पोखरा र जनकपुरका पार्टी कार्यालयमा पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटोसहित एमाले बोर्ड राखिएको छ ।

जनकपुरस्थित साबिक नेकपाको प्रदेश कार्यालयमा जिल्ला पार्टी कार्यालयको बोर्ड राखिएको छ । एमालेका तत्कालीन जिल्ला अध्यक्ष राजकिशोर यादवले कार्यालयमा नेकपाको बोर्ड झिकेर एमालेको राखेका हुन् ।

अब नेकपा पार्टी नै नरहेकाले कार्यालयमा एमाले जिल्ला कार्य समितिको बोर्ड लगाएको अध्यक्ष यादवले बताए ।

पार्टी एकिकरणअघि उक्त कार्यालय एमालेको थियो । त्यसकै छेउमा माओवादी केन्द्रको पनि कार्यालय छ । माओवादीको कार्यालयमा कुनै गतिविधि देखिएको छैन ।

त्यस्तै कास्कीमा पनि नेकपाको बोर्ड झिकेर एमालेको बोर्ड राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *