ओली सरकार ढाल्न कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय (भिडियो) – Nepal Press

ओली सरकार ढाल्न कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकार ढालेर नयाँ सरकार बनाउनेबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको छ ।

पेरिसडाँडामा भर्खरै सकिएको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति गम्भिर छलफल गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘संसदमा कसरि अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, श्रेष्ठले भने ।

साथै फागुन २९ गते केन्द्रीय कमिटी बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर