कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गालीबेइज्जती मुद्दा दायर (फिरादसहित) – Nepal Press

कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गालीबेइज्जती मुद्दा दायर (फिरादसहित)

एक वर्ष कैद र १० हजार जरिवाना मागदाबी

काठमाडौं । गायिका तथा एमाले राष्ट्रियसभाकी सांसद कोमल वलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

कानून व्यवसायीसँग परामर्शपछि उनले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिंडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ । वलीले आफ्‍नो इज्जतमा धक्का पुर्‍याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।

साथै उनले आफूमाथि विद्युतीय माध्यमबाट गालीबेइज्जती गरेको हुँदा थप १ वर्ष कैद र १० हजार जरिवानासमेत गरी हदैसम्मको सजाय माग गरेकी छन् । साथै मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाउन उनको माग छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर