सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम – Nepal Press

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार मध्यपुर युथ एसोसिएनसँग २–१ गोलको नजितामा पराजित भएसँगै च्याम्पियन सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

यसअघिका ९ खेलमा अपराजित रहेको सातदोबाटोले ८ खेलमा जित र एक बराबरीको नतिजा निकालेको थियो । दोस्रो स्थानको खुमलटार युथ क्लबलाई पराजित गरेको सातदोबाटोले अंक बराबरीको सम्भावना भए पनि हेड टू हेडमा लिग च्याम्पियन सुनिश्चित गरिसकेको छ ।

सोमबार भएको खेलको २६औं मिनेटमा कैलाश लामिछाने खत्रीले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको सातदोबाटो ५०औं मिनेटमा माल्दिना आङ्थुपुको गोलसँगै बराबरीमा फर्किएको थियो ।

तर, त्यसको ८ मिनेट नबित्दै सन्नी लामाले गोल गोल गर्दै पुन मध्यपुरलाई २–१ को अग्रता दिलाएका थिए । जितसँगै १० खेलबाट १३ अंक जोडेको मध्यपुर अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । समान खेलबाट २५ अंक जोडेको सातदोबाटो शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *