कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित – Nepal Press

कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखको निर्देशनमा कानूनमन्त्रीले अध्यादेश सदनमा पेश गरेपछि कांग्रेस सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेका थिए ।

नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेश भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर