बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुआत – Nepal Press

बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुआत

काठमाडौं । बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गर्यो । मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाईएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको बलपार्कले १० ओभरमा २ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । बलपार्कका लागि निर्भिकले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । सचिनले २५ रन जोडे ।

बालुवाटारक विरेन्द्र र अविनासले १/१ विकेट लिए । बलपार्कले दिएको १ सय ९ रनको लक्ष्य बालुवाटारले ८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

बालुवाटारको जितमा इन्द्र कमलले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । सुरेन्द्रले ३३ रन जोडे ।

बलपार्कका संगमले १ विकेट लिए ।

यस्तै दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियर क्याम्पसलाई ६ विकेटले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको पुल्चोकले अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । उसका चिरन्जीवीले ५० रन जोड्दा विशालले ४५ रन बनाए ।

ग्रेट हिमालयका बिज्ञान राई, मोहमद हुसेन, सुसान्त, सन्दीप र नभिनले २/२ विकेट लिए ।

पुल्चोकले दिएको लक्ष्य ग्रेट हिमालयले ४ विकेट गुमाएर पुरा गर्यो ।

ग्रेट हिमालयको जितमा आयुसले ६३ रन जोड्दा संगीतले ४४ रन बनाए । सुसान्तले २२ रन जोडे ।

पुल्चोकका सागरले २ विकेट लिए ।

पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *