चैतमा मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा : खानेपानीमन्त्री – Nepal Press

चैतमा मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा : खानेपानीमन्त्री

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले मेलम्चीको पानी चैत दोस्रो हप्तादेखि काठमाडौंवासीका धारामा खस्ने बताएका छन्।

शनिबार मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्तापछि मेलम्चीको पानी पिउने काठमाडौंवासीको सपना पूरा भएको छ।’

थापाले प्रधानमन्त्रीले मेलम्चीको पानीबारे निरन्तर चासो राखेको बताए। उनले आजको दिन ऐतिहासिक भएको भन्दै सहयोगका लागि मेलम्चीवासीलाई पनि धन्यवाद दिए।


प्रतिक्रिया

One thought on “चैतमा मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा : खानेपानीमन्त्री

  1. हा हा अब श्री ५ को सरकार आए पछि मात्रै पानी आउँछ हो मणि थापा जि 🤨😣😫

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर