मेलम्चीको पानीलाई सुन्दरीजलमा यसरी गरियो स्वागत (फोटोफिचर) – Nepal Press
मेलम्चीको पानीलाई सुन्दरीजलमा यसरी गरियो स्वागत (फोटोफिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ फागुन २२ गते १८:३५
२०७७ फागुन २२ गते १८:३५

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो सपना अब पूरा हुने सँघारमा पुगेको छ । गत फागुन १० गते मेलम्चीको सुरुङमा हालिएको पानी आज सुन्दरीजलमा खस्यो ।


 
 
  
 
 
 

मेलम्चीको स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितको दलबल सुन्दरीजल पुगेको थियो । प्रधानमन्त्री ओलीले बटम थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो । ओलीले यसलाई सम्पूर्ण काठमाडौंवासीका निम्ति खुशीको कुरा भएको बताएका छन् ।

सुरुङबाट आएको पानी सुरुमा फोहोर हुने भएकाले वागमतीमा फालिन्छ । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिनेछ । आयोजनाका अनुसार त्यसका लागि अझै केही समय पर्खिनुपर्छ ।