सुन्दरीजलमा मेलम्चीको पानी देखाउँदै ओलीले भने- यस्तोमा हो लड्डु खाने ! – Nepal Press

सुन्दरीजलमा मेलम्चीको पानी देखाउँदै ओलीले भने- यस्तोमा हो लड्डु खाने !

‘मेलम्चीको कुरा चल्दा मेरो कपाल कालै थियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पूरा भएको बताएका छन्।

शनिबार मेलम्चीको पानी काठमाडौंमा खस्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै ओलीले आफ्नो कपाल फुल्दा पूरा भएको बताए।

‘कुरा भएको त धेरै भयो’ ओलीले भने, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पूरा हुँदा मेरो कपाल कतै कालो रहेन ।’ आफ्नै पार्टीबाट काम हुन नदिएको कुरा आफूले गरेको र आज त्यो प्रमाणित भएको बताए।

‘लामो समयपछि सपना पूरा भएको छ’ उनले भने, ‘मुख्य उपलब्धि हासिल गरेका छौं । यसै सरकारका पालामा । कहिलेकाहीं आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपर्थ्याे । अब त प्रमाणित भयो होला नि । दिन दिनै ठूला–ठूला शिलान्यास र उद्घाटन भइरहेका छन्।’

काठमाडौंलाई पानी दिनुभएकोमा ओलीले सिन्धुपाल्चोकवासीलाई धन्यवाद समेत दिए।

‘यसक्रममा केहीले ज्यान गुमाउनुपर्‍यो’ उनले भने, ‘त्यो प्राविधिक कारणले भएको थियो । म यस सफलताको घडीमा उहाँहरूप्रति सहानुभूति जनाउन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहलाई लक्षित गर्दै भने– साथीहरु जहाँ पायो त्यहीं लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ । खास खुशी भनेको यो हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर