केपी ओली कुहिएको अण्डा हुन् : प्रचण्ड – Nepal Press

केपी ओली कुहिएको अण्डा हुन् : प्रचण्ड

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । उनले आफूहरु चाहिं स्वास्थ्यवर्धक तत्व भएको बताए ।
पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ओलीलाई कुहिएको अण्डाको संज्ञा दिन उनले माओत्सेतुङलाई उद्धृत गरेका थिए । प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीमा गलत र सही प्रवृत्तिबीच निरन्तर संघर्ष चलिरहन्छ ।
कम्युनिष्ट आन्दोलनको नियम पनि हो यो । माओत्सेतुङले एउटा सरल उदाहरण दिनुभएको छ । अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, त्यो कुहियो भने त्योभन्दा गन्दा चिज अरु केही हुँदैन । कम्युनिष्ट राम्रा हुन्छन् तर, बिग्रिन थालेपछि कुहिएको अण्डाजस्तै हुन्छन् ।
केपी ओली कुहिएको अण्डा हो । कुहेको र गन्हाएको अण्डा खाइँदैन । त्यसलाई जलाइन्छ वा गाडिन्छ । तपाईं–हामी स्वास्थ्यवर्धक तत्व हौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर