ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं – Nepal Press

ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तीमा पद राखेर अरुको दैलोमा भीख माग्न हिंडिरहेको टिप्पणी गरेका छन् ।

विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे ।

ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर, सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदेऊ न भन्दै हिंडेका छन् विचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर