चीनद्वारा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पहिलो अर्थतन्त्र बन्ने प्रधानमन्त्रीको भनाइ – Nepal Press

चीनद्वारा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पहिलो अर्थतन्त्र बन्ने प्रधानमन्त्रीको भनाइ

बेइजिङ- चीनले सन् २०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको जनाएको छ । शुक्रबारदेखि बेइजिङको ग्रेट हल अफ दी पिपुलमा सुरु चिनियाँ कम्युनिष्ट पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ली खच्याङले उक्त घोषणा गरे ।

यो लक्ष्यले कोभिड-१९ महामारीपछि बलियो आर्थिक वृद्धिदर प्राप्त गर्ने दोस्रो ठूलो अर्थतन्त्रको योजनालाई दर्शाएको छ ।

गतवर्ष चीनको अर्थतन्त्र दशकयताकै सबैभन्दा न्यून २.३ प्रतिशतले वृद्धि भएको थियो । चीनको यो लक्ष्यले सन् २०२० को सुरुआती अवस्थाकै अवस्थामा चिनियाँ अर्थतन्त्रलाई पुनर्उत्थान गर्ने उद्देश्य समेटेको छ ।

सन् २०२० को दोस्रो चौंथाइँमा मात्र चिनियाँ अर्थतन्त्र उकासिएको थियो र उक्त वर्षमा नाफामूलक आर्थिक वृद्धि गर्नेमा चीन एकमात्र मुलुक थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *