कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु – Nepal Press

कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो । सिमानाकामा तस्कर बढिरहेको सूचना प्रहरीले पाए पछि नेपाल प्रहरीले गस्ती बढाएको थियो ।

बिहिबार साँझ ४ जना तस्कर आइरहेको सूचना प्रहरीले पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करले फायर खोलेपछि प्रहरीले जवाफी फायर गर्दा एक जना तस्कर घाइते भएको र ३ जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चर्तुवेदीले नेपाल प्रेससँग बताए । उनका अनुसार घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

मृत्यु हुने भारको पिलिभित ४ बुहान का २५ वर्षीय गोभिन्द सिंह रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रिले बताए ।

तस्करले नक्कली नोट छाप्ने मेसिन र लागु औसध ल्याएको थापाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर