कर्णालीको विकास गरेर नागरिकका जनअपेक्षा पुरा गर्नुपर्छ: प्रदेश प्रमुख – Nepal Press

कर्णालीको विकास गरेर नागरिकका जनअपेक्षा पुरा गर्नुपर्छ: प्रदेश प्रमुख

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीको विकास गरेर नागरिकका अपेक्षा पुरा गर्न नगरपालिकाका पदाधिकारीलाई आग्रह गरेका छन् ।

कर्णालीमा विकासका लागि सम्भावना भएको बताउँदै उनले सबै तह, तप्का र तीनै तहका सरकार मिले सुखी नेपाली समृद्ध नेपाल बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

‘अब यहाँहरुको कायृकालको अवधी पनि सकिनै थालेको छ । यहाँहरु आफ्नो नगरपालिकाको समुचित विकासमा लागि पर्नु भएको छ ।’ उनले भने, ‘जनअपेक्षा पुरा गर्नका लागि यहाँहरुले थप मेहनत गर्ने मैले विश्वास लिएको छु ।’

उनले सबै जनप्रतिनिधि मिलेर कर्णाली प्रदेशलाई विशेष प्रदेशको रुपमा विकास गर्न आव्हानसमेत गरे ।नगरविकास कोषका सञ्चालक समिति सदस्य मोहनमाया ढकालले नगरपालिकामा स्रोत कम भएका कारण जनअपेक्षा पुरा गर्न नसकिएको बताईन ।

उनले सीमित स्रोत साधन भएको र अधिकार धेरै भएका कारण जनअपेक्षा पनि धेरै भएको बताउँदै यस प्रदेशका नगरपालिकालाई कोषले बढि भन्दा बढि ऋण प्रवाह गरेर विकासको मुलधारमा समेटनुपर्नेमा जोड दिईन ।

वीरेन्द्नगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले छिटो प्रतिफल दिने विकासमा लगानी गर्न आवश्यक रहेको बताउँदै पूर्वको भन्दा पश्चिम तिर विकासमा पछि परेकाले सहयोगको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिए ।उनले आफूहरु साझेदारमिा, सहलगानीमा काम गर्न तयार रहेको बताउँदै यसकालागि कस्तो वातावरण बनाउनुपर्ने रहेको बताए ।

नगरविकास कोषका कायृकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले पूर्वाधारमा लगानी गर्न सक्ने बताए । व्यावसायिक तथा आर्थिक पूर्वाधामा नगरपालिकासँग सहकार्य गर्न सकिने बताउादै नगरपालिकाले आन्तरिक आय बढाउने खालका योजना छानेर ल्याए अण लगानी गर्न सकिने धारणा राखे ।

‘साना बजार व्यवस्थापन, जग्गा एकिकरणमा हामी काम गर्न सक्र्छौं ।’ उनले भने, ‘यसका अलावा जडिवुटी प्रशोधन केन्द्र स्थापना गर्न, कृषि उदम केन्द्र खोल्न सकिन्छ ।’ उपयुक्त माग आएको खण्डमा कोष नगरपालिकालाई आवश्यक ऋण प्रवाह गर्न तयार रहेको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर