निर्वाचन आयोगलाई दबाब दिंदै पाँच भूतपूर्व प्रमुख आयुक्तको विज्ञप्ति – Nepal Press

निर्वाचन आयोगलाई दबाब दिंदै पाँच भूतपूर्व प्रमुख आयुक्तको विज्ञप्ति

काठमाडौं । पाँच भूतपूर्व प्रमुख निर्वाचन आयुक्तले दबाबमूलक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई नेकपाको विवादमा यथाशीघ्र निर्णय दिन आग्रह गरेका छन् । विज्ञप्तिमा उनीहरुले आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्न सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

‘प्रचलित कानून तथा स्थापित नजीरहरुका आधारमा यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेमा भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयाेधिप्रसाद उपाध्याय र दोलखबहादुर गुरुङ छन् ।

सामूहिक विज्ञप्ति नै जारी गरेर दबाब दिनुको कारणबारे पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई नेपाल प्रेसले प्रश्न गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।

‘जे छ त्यही विज्ञप्तिमा उल्लेख छ, थप केही भन्न चाहन्न’ उनले भने


प्रतिक्रिया

One thought on “निर्वाचन आयोगलाई दबाब दिंदै पाँच भूतपूर्व प्रमुख आयुक्तको विज्ञप्ति

  1. Oli kutta le Nirbachan Aayog mai gayera dhamkyauda chahi yasto shirshak aayena ta… yo nepalpress bhanney le pani Oli ko taluwa ra aru ke ke chatna bahek kehi nagane raicha.. dui jana patrakar Onlinekhabar ma huda ramro lagthyo ra follow gareko yo website.. tara tini haru ni purai sadi sakechhan.. thukka

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर