फ्ल्यास मब गरी काठमाडौंमा मनाइयो विश्व श्रवण दिवस – Nepal Press

फ्ल्यास मब गरी काठमाडौंमा मनाइयो विश्व श्रवण दिवस

निशान्त सिंह गुरुङ्ग २०७७ फागुन १९ गते १८:१६
२०७७ फागुन १९ गते १८:१६

विश्व श्रवण दिवस बुधबार इयर केयर नेपालले काठमाडौंको तीन स्थानमा फ्ल्यास मब गरी मनाएको छ ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टर, बसन्तपुर डबली र पाटन दरबारमा इयर केयर नेपालले कार्यक्रम गरेको हो । बहिरोपन अन्त्यका लागि सन् २०१३ मा उक्त संस्थाको स्थापना भएको थियो । संस्थाकी अध्यक्ष इएन्टी सर्जन डा मिलन महर्जनका अनुसार एयर केयर नेपालले नेपालभरका सामुदायिका विद्यालयहरूमा बहिरोपन रोकथामका कार्यक्रमहरू सञ्चालन हुने गर्छ । स्कुलहरूमा विद्यार्थीको कानको परीक्षण गर्ने उनी बताउंछिन् ।

अहिलेसम्म उक्त संस्थाले ८० हजार विद्यार्थीको उपचार तथा परीक्षण गरिसकेको छ । नेपालमा १६. ६ प्रतिशतमा बहिरोपन छ । डा महर्जनका अनुसार यो एसियामै उच्च हो ।