अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित – Nepal Press

अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित

काठमाडौं । कोरोनाभाइरस महामारीको असरलाई ध्यानमा राख्दै अष्ट्रेलिया सरकारले अन्तराष्ट्रिय सीमा बन्दको अवधिलाई तीन महिना लम्ब्याउने निर्णय गरेको छ ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार अन्तराष्ट्रिय सीमा बन्दको अवस्था जुन १७ तारिखसम्म रहनेछ । मार्चदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय सीमा बन्द गरिरहेको छ ।

सरकारको यो निर्णयले गर्दा अन्तराष्ट्रिय यात्रु अष्ट्रेलिया जान र त्यहाँका बासिन्दा विशेष कारणले विदेश जानका लागि कम्तीमा जुन १७ सम्म नपाउने भएका छन् ।

एकवर्षदेखि बन्द अन्तराष्ट्रिय सीमाका कारण हजारौं अष्ट्रेलियन बासिन्दा, नागरिक र विद्यार्थी विभिन्न मुलुकमा अलपत्र छन् । विदेशमा फसेका करिब ४० हजार अष्ट्रेलियाली समेत मर्कामा परेका छन् ।

झन्डै १५ सय नेपाली विद्यार्थी अष्ट्रेलिया जान नपाउँदा महङ्गो डलर तिरेर अनलाइन पढ्न बाध्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर