प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन : देउवा – Nepal Press

प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन : देउवा

'उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं'

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर आयो भने आफू पछि नहट्ने बताएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको नेतृत्व गर्ने अवस्था आए कांग्रेसले अग्रसरता लिने बताए । ‘मैले कसैसँग प्रधानमन्त्री मागेको छैन तर जिम्मेवारी लिनुपर्ने भयो भने भाग्नेवाला छैन’, देउवाले भने ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजित नभएसम्म सरकारको नेतृत्व गर्ने सम्भावना नरहेको भन्दै सभापति देउवाले उपयुक्त समयमा कांग्रेसले उपयुक्त निर्णय लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर